वीरगन्ज | तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा बुधबार हुने भनिएकाे पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।
परवानीपुर खेल मैदानमा बर्षाका कारण पानी जमेपछी बुधबार हुने भनिएकाे खेल स्थगित भएको हो ।
दिउँसो तीन बजेदेखि हुने भनिएकाे वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।
बुधङस्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार अपरान्ह १२ बजे देखि हुने उनले बताए । यस्तै बिहिबार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।
चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी छन् ।