वीरगंज | वित्तिय संघसंस्थाहरुमा घात लगाएर लुटपाट गर्ने योजनामा संलग्न रहेका दुई जना भारतीय डाँका सर्लाही प्रहरीले हतियार सहित पक्राउ गर्न सफल भएको छ ।
खास गरेर मधेश प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा वित्तिय संघसंस्थाहरुमा लुटपाट गर्ने योजनाका साथै नक्कली नेपाली नोटको कारोवार गर्ने कारोवारीहरु माथि वक्र दृष्टि राखेकोमा सोमवार राति मेड इन युएसए लेखिएको पेस्तोल सहित दुई जना भारतीय डाँकालाई पक्राउ गर्नु सर्लाही प्रहरीको लागि ठूलो सफलताको रुपमा देखिएको हो ।
जिल्ला प्रहरी कार्यलय मलंगवामा मंगलवार पत्रकार सम्मेलनमा नियन्त्रणमा लिइएका भारतीय अपराधीलाई सार्वजनिक गर्दै सर्लाही प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले सर्लाही जिल्लामा पछिल्ला समयमा नक्कली नोटको कारोबार गर्नेहरुको विगविगी चलिरहेका कार्यलाई नियन्त्रण गर्ने उद्देश्यबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका विशेष टोली र जिल्ला प्रहरी सहित मातहतका प्रहरी टोलीको अथक प्रयासबाट वित्तीय संघसंस्थामा लुटपाट गर्ने योजनामा संलग्न रहेका दुई जना भारतीय नागरिकलाई समात्न सफल भएका छौं”– उनले भने ।
प्राप्त भएको सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरी बरहथवा नगरपालिका वडा नम्वर ६ मगर टोल स्थित रामटहल महतोको एक तल्ले घरमा कोठा भाडा लिएर बसेका भारत विहार राज्य सीतामढी जिल्ला सैयारा गाउँका लक्ष्मण सिंहको २८ बर्षिय छोरा सन्नीकुमार सिंह र पूर्वी चम्पारण मोतिहार जिल्लाको गंगापिपराका अशोक राउतको २४ बर्षिय छोरा जितेन्द्रकुमार राउतलाई पक्राउ गरिएको उक्त पत्रकार सम्मेलनमा एसपी ज्ञवालीले जानकारी दिए ।
पक्राउ परेका जितेन्द्रको शरिर तथा कोठाबाट मेड इन युएसए लेखिएको पेस्तोल एक थान, सोको म्याग्जीन एक थान, गोली ६ राउण्ड र फायर भएको खोका एक थान, भारतीय नम्वरको मोटरसाइकल एक थान सहित दुबै जनालाई पक्राउ गरिएको उनले बताए ।
सामान्य अनुसन्धान पछि थप अनुसन्धानको लागि राति नै जिल्ला प्रहरी कार्यालय मलंगवा तर्फ ल्याउने क्रममा जिल्लाको बसबरिया गाउँपालिका वडा नम्वर ६ पोखरिया देखि ७ सय मिटर दक्षिणमा प्रहरी भ्यानबाट जितेन्द्र राउत हाम फालेर भाग्न खोज्दा प्रहरीले पाँच राउण्ड गोली फायर गरेर पुनः राउतलाई नियन्त्रणमा लिएको एसपी ज्ञवालीले राउतको बाँया घुडा र दाहिने तिघ्रामा एक एक राउण्ड गोली लागेपछि उम्कीन सकेन ।
राउतलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि प्रहरीकै निगरानीमा उपचार गराउन जनकपुर पठाइएको जानकारी दिदै एसपी ज्ञवाली राउतको अवस्था स्थिर रहेको बताए ।
यीनहरु ठूलो घटना घटाउने योजना बनाईरहेको अवस्थामा उक्त योजनलाई विफल पार्न सफल भएका छौं । यस्ता कार्यहरुमा संलग्न कसैलाई पनि सर्लाही प्रहरीले नछाड्ने चतावनी दिदै नपाल प्रहरी अहोरात्र खटेर नक्कली नोट, लागुऔषध, सिमापारबाट हुने अपराधिक गतिविधि माथि पूर्ण निगरानी राखेर निष्तेज बनाउनुको साथै यहाँ पूर्ण रुपमा शान्ति सु व्यवस्था कायम राख्न हर सम्भव प्रयास जारी राख्ने उनले भने ।