• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन वर्षको पोथी बाघ गोली हानेर मारिएको अवस्थामा फेला

  • वीरगंज संजाल
  • ७ चैत्र २०८०, बुधबार १०:५४
  • १७२५

    बारा | बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र गोली हानेर मारिएको अवस्थामा मंगलबार तीन वर्षको पोथी बाघ पुच्छर, दाँत र जुँगा समेत चोरी भएको अवस्थामा फेला परेको छ । योसँगै बारामा डेढ महिनाको अन्तरमा बारामा करिब आठ वटा बाघ मरी सकेको छ ।

    तामागढी साझेदारी वन क्षेत्रभित्र गोली लागि मृत अवस्थामा फेला परेको बाघको पुच्छर, दाँत र जुँगा समेत चोरी भएको कोल्हवी सवडिभिजन वन कार्यालयले जनाएको छ ।

    चार दिनअघि बाराको कछडिया सामुदायिक वनमा करिव आठ वर्षको जवान भाले बाघ बकैया खोला छेउ मृत अबस्थामा फेला परेको थियो । मासुमा बिष हालेको कारण बाघको मृत्यु भएको आंशका थियो ।

    त्यस्तै, फागुन दोस्रो साता पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ मा चार दिनको अन्तरमा दुईवटा जवान भाले र पोथी बाघ मृत भेटिएका थिए । पर्साको ठोरीबाट नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको तीनवटा बाघमध्ये दुईवटा बाघको पनि मृत्यु भएको छ ।

    मंगलबार मृत फेला परेको करिव तीन वर्षको पोथी बाघ वन क्षेत्रभित्र मृत अवस्थामा भेटिएको हो । बाघलाई नाकको माथिल्लो भागमा गोली हानेर मारिएको अवस्थामा भेटिएको कोहल्वी सव डिभिजन वन कार्यलयका प्रमुख अब्दुल मियाँ अन्सारीले जानकारी दिनुभयो ।

    ‘गाँउघरमा बाख्रा हराएको भन्दै गाँउलेहरु जंगलमा बाख्रा खोज्न जाँदा उनिहरुले बाघ मरेको देखेर हामीलाई खबर गरेका थिए ।’ बाघ गोली लागेको मरेको अवस्थामा हामीले फेला पारेको सव डिभिजन प्रमुख अन्सारीले बताउनुभयो ।

    गोली लागेर मरेको अवस्थामा बाघ भेटिएकोले सो सम्बन्धी अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ । बाघको अवस्था हेर्दा दुई दिनअघि मारिएको हुनसक्ने अनुमान गरिएको छ । बाघको पोष्टमार्टम गरेर परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौ पठाउने तयारी भएको कार्यालयले जनाएको छ ।

    सन् २०२२ को डिसेम्बरमा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा दुर्लभ पाटे बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । बारा-पर्सामा पछिल्लो केहीदिन यता डरलाग्दो संख्यामा बाघको मृत्यु भएको छ ।

    निकुञ्जको मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, साझेदारी र सामुदायिक वनको ठुलो भूभागहरुमा गर्मी समय शुरु भएसँगै जंगलमा पानीको अभाव र बन अतिक्रमण भएर वस्ती र कृषि भूमिमा परिणत भएपछि बाघलाई खाना र बस्नको अभाव देखिंदै आएको छ ।

    पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको लागि पिउने पानीको अभाव हुँदा बाघ जङ्गल बाहिर निस्कने गरेको निकुञ्जले जनाएको छ । यसैगरी मंगलबारनै पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एक जना घाइते हुनुको साथै तीनवटा बाख्रा मारेको छ ।

    बाघको आक्रमणबाट मंगलबार दिउँसो निजगढ नगरपालिका ११ रतनपुरकी ४० वर्षीय दिल कुमारी पुलामी मगर पनि घाइते भएकी छन् । निजगढ नगरपालिका ११ स्थित तपोभुमी सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताईन ।

    बाघले आक्रमणपछि जंगलमा लडेकी दिलकुमारीलाई सँगै चौपाया चराउन गएका भोग बहादुर मोक्तान र अर्का साथीले बचाउन सफल भए तर तीनवटा बाख्रा भने बाघले मारेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑