वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशको सचिव र कोषाध्यक्षमा पर्साका अनिल सर्राफ र बिजय सर्राफ निर्वाचित भएका छन् ।
नेपाल सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशको सचिव र कोषाध्यक्षमा निर्वाचित भएका पदाधिकारीहरुलाई वीरगञ्जमा भव्य स्वागत र सम्मान गरिएको छ । नवनिर्वाचित सचिव र कोषाध्यक्ष पर्सा जिल्लाको पनि महासचिव र कोषाध्यक्ष हुन ।
चैत्र ३ गते जनकपुरमा सम्पन्न तेस्रो अधिवेशनबाट मधेश प्रदेशको सचिवमा अनिल कुमार सर्राफ र कोषाध्यक्षमा बिजय सर्राफलाई भव्य स्वागत र सम्मान गरिएको हो ।
निर्वाचतद्वव सचिव र कोषाध्यक्षलाई नेपाल सुनचाँदी व्यवसायि महासंघ पर्साका अध्यक्ष भुलन सर्राफ, उपाध्यक्ष मनोज कुमार सर्राफ, सदस्य बिकाश कुमार सर्राफ, मनोज साह सोनार लगायतकाले फुलमाला र गम्छा ओढाई सम्मानित गरेका थिए ।
चैत्र ३ गते जनकपुरमा सम्पन्न अधिवेशनले रामजी साह सोनारको अध्यक्षतामा १० सदसिय कार्य समिती गठन गरेको छ । निर्वाचित सचिव र कोषाध्यक्षले वीरगञ्जमा रहेका सम्पुर्ण सुनचाँदी पसल र कारिगरहरुलाई मिठाई समेत बाँडेका थिए ।