वीरगञ्ज । वीरगञ्जस्थित साउथ जोन माविले अभिभावकहरुका लागि अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । क्लासिक ब्यांकेटको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानरगपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णले विद्यालयको यो कदम निकै सहनीय भएको बताए । उनले बालबालिकाहरुको शिक्षामा विद्यालयको मात्र जिम्मेवारी नहुने बताउँदै यसका लागि अभिभावकमो मुख्य भूमिका रहने बताए । विद्यालयले आयोजना गरेको अभिमूखीकरण प्रशिक्षण कार्यक्रम सम्पूर्ण अभिभावकहरुका लागि फलदायी सावित हुने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको अभिमूखीकरणमा काठमाण्डौँका ख्यातीप्राप्त वक्ता ताराप्रसाद गिरीले प्रशिक्षण दिए । कार्यक्रममा विद्यालयका अध्ययनरत नर्सरी कक्षादेखि ५ कक्षासम्मका बालबालिकाका अभिभावकलाई प्रशिक्षण दिइएको सहायक प्रधानाध्यापक अशोक संग्रौलाले बताए ।