• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डल्फिन हुन्छ भन्ने सुनेका चुकेले नारायणीमै देखे डल्फिन

  • वीरगंज संजाल
  • ४ चैत्र २०८०, आईतवार १५:४७
  • १००१

    वीरगंज | चितवन उद्योग संघका पूर्व अध्यक्ष उत्तमलाल चुकेले नारायणीमा डल्फिन हुन्छ भन्ने सुनेका थिए। नारायणीसंगै खेल्दै हुर्किएका चुकेले डल्फिन भने कहिल्यै देखेका थिएनन्। शनिबार बिहान सवा सात बजेतिर भने उनले नेपालबाट नै लोप हुन लागेको डल्फिन देख्ने सौभाग्य प्राप्त गरे। त्यति मात्र होइन उनले भिडियो र फोटो समेत कैद गर्ने मौका प्राप्त गरेका छन्। त्यो पनि नारायणगढको मुख्य बजार नजिक नारायणी नदी किनारमा।

    ‘बिहान मर्निङ वार्कमा निस्किएको थिए। नारायणीमा एक्कासि दुई वटा डल्फिन देखेँ’, उनले नागरिक न्युजसँग त्यो खुसीको पल साट्दै भने ‘त्यसको भिडियो र फोटो खिच्न ४५ मिनेट पर्खनु पर्‍यो।’

    उनले एउटा मात्र डल्फिनको मात्र भिडियो खिच्न सफल भएका छन्। ‘एउटा हल्का देखेँ पछि दुई वटा देखियो। कतिखेर मुख मात्र देखाउने, कतिखेर जिऊ मात्र देखाएको थियो। तर प्रस्ट चिनिने अवस्था थिएन’, उनले भने ‘सबै जिऊ र मुख देखाएपछि डल्फिन हो भन्ने निश्चित भयो। पहिला त पहिचान गर्न नै कठिन भएको थियो।’ उनका अनुसार, एउटा कालो र अर्को खरानी रङको डल्फिन देखिएका थिए।

    शनिबार डल्फिन देखिएको स्थल बजार क्षेत्र हो। यहाँ कोलाहलसँगै नदीमाथि मोटरबोर्ड हुँईकिरहेका हुन्छन्। यसले संरक्षणमा चुनौती हुने डर चुकेलाई छ। ‘यहाँ मोटरबोर्ड त चाहिन्छ। तर आवश्यक भन्दा बढी छन्। त्यसलाई परिवर्तन गर्न सकिन्छ’, उनले भने ‘पहिला त नेपालबाट नै लोप हुन लागेको डल्फिनलाई संरक्षण गर्नुपर्दछ।’

    व्यवसायी दिपक प्रधान नारायणीमा देखिएको वाटरवोटले जलचरहरुको वासस्थान खलबलिएको बताउँछन्। ‘नारायणी नदीमाथिको अतिक्रमण रोक्न अत्यन्तै जरुरी छ। त्यसको साटो र्याफ्टिङ, काठको डुङ्गा, नाउहरु सञ्चालन गरेर संरक्षण गर्न सकिन्छ,’उनले भनेका छन्।

    डल्फिन समुद्री स्तनधारी जीव हो। यो जीवको ह्वेलसँग निकट सम्बन्ध छ। यिनीहरूका चार फिटदेखि ३० फिटसम्मका हुन्छन्। ह्वेल माछा जस्तै हुने बताइन्छ। यो खासगरी महाद्वीपीय तख्ताको समुन्द्री क्षेत्रमा यो जीव पाइन्छ।

    पछिल्ला वर्षमा नारायणी नदीमा डल्फिन नियमित रुपमा देखिन थालेको संरक्षणकर्मी टेक महत्तो बताउँछन्। ‘बुवाहरुले अमलटारी क्षेत्रमा हजुरबुवा, बुवाहरुले धेरै देखिन्थ्यो भन्नुहुन्थ्यो। बिचमा देखिन छाडेको थियो’, उनले भने ‘मैले सन् २०१८ देखि नियमित देखिराखेको छु।’

    त्रिवेणी, बागवन, भेलौची, अमलटारी, गोलाघाटमा क्षेत्रमा देखिने गरेको उनले बताए। पछिल्ला वर्ष त्रिवेणी क्षेत्रबाट माथि माथि आउन थालेको उनले बताए। ‘गतबर्ष देवघाटमा पनि डल्फिन देखिएको थियो’, उनले भने ‘शनिबार नारायणगढमा देखियो। त्यसको दुई दिन अगाडि गोलाघाटमा देखिएका थिए।’ यी डल्फिन नारायणीमा रैथाने जस्तै भएको उनले बताए।

    यो मांसाहारी हुन्छ र सानो माछाहरू र समुद्री जीव यसको मुख्य आहार हो। नारायणीमा लुकीछिपी माछा मार्न प्रयोग गरिने तियारी जाली प्रयोग गर्ने भएकाले त्यसमा डल्फिन पर्न सक्ने उनले बताए।

    डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। डल्फिनको सधैँ खुसी रहन बानी र मानिस सँगको मित्रवत् व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ।

    नेपालमा कोशी, बर्दिया नारायणीमा डल्फिन देखिने गरेको उनको भनाइ थियो। नारायणीमा डल्फिन देखिनु संरक्षणर्कीका लागि खुसीको कुरा भएको उनले बताए। यसको संरक्षणका लागि सम्बन्धित पक्षले ख्याल गर्नुपर्ने उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑