काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका २ घर भएका नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाली ठगी गरेको घटनामा ह्याकिङ गरी एक करोड रुपैयाँसहित फरार रहेका प्रहरीको भनाइ छ । उनलाई अपराध महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिए । Onlinekhabar