• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यस्ता छन् रौतहटका घुम्नै पर्ने ८ पर्यटकीय गन्तव्य स्थान

  • वीरगंज संजाल
  • २० पुष २०७६, आईतवार १२:२७
  • १२१९३

    रौतहट | भ्रमण वर्ष २०२० शुरु भएको छ। भ्रमण वर्षलाई सफल बनाउनको लागि रौतहटमा ८ वटा स्थानको छनोट गरिएका छन्। रौतहट मधेसको मध्य भागमा रहेको भएता पनि यहाका घुम्नु पर्ने स्थान भने विविधता पाइएको छ। रौतहटमा प्रदेश कै उत्कृष्ठ पर्यटकीय स्थलको रुपमा रहेको नुनथर क्षेत्र छ जहाँ रहेको बागमती नदीमा जल यात्रा समेत गर्ने व्यवस्था छ।

    लामो समयदेखि बिदेशी पाहुनाको समेत पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै आएको नुनथर क्षेत्र हो। सर्लाही, मकवानपुर, सिन्धुली र रौतटह जिल्लाको संगमस्थलको रुपमा रहेको नुनथरमा पिकनिक खानेको ठूलो भीड लाग्ने गर्दछ। सर्लाही र रौतहट जोडने बागमती नदीको झोलुंगे पुलले त्यस क्षेत्रको झन बढी शोभा बढाएको छ।  नुनथरमा तराइका ८ जिल्ला र भारतबाट समेत पिकनिक खान आउने गरेका छन्।

    नुनथर क्षेत्र चन्द्रपुर नगरपालिका १ बागमती नदीको तिरमा पर्दछ। यस्तै भम्रण वर्ष २०२० को लागि अर्को गन्तब्यको रुपमा चन्द्रपुर नगरपालिका ९ नजरपुरस्थित रहेको निजानन्द धाम पनि हो। नेपाल मै परिचित कृष्ण प्रणामीको केन्द्रबिन्दु रहेको नजरपुर पर्यटकको आकर्षक स्थलको रुपमा रहेको छ। त्यहाँका करिब ३ सय भन्दा बढी घरधुरीमा बाख्रा, कुखरा, बंगुरलगायत मासुका लागि जनावर पाल्ने गरिँदैन।  शुद्ध शाकाहारीको बस्ती रहेको नजरपुर अहिले आम नागरिकको घुम्ने थलो बनेको छ।

    यसैगरी रौतहटको अर्को पर्यटकीयस्थल भनेके जंगे झरना पनि हो। चन्द्रपुर नगरपालिका २ हातीदमार क्षेत्रमा रहेको उक्त झरना अहिले पर्यटकीय नया गन्त्यव बनेको छ। महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर उत्तरमा रहेको उक्त झरनामा नुहाउने र पिकनिक खानेको भीड लाग्ने गरेको झरना संरक्षण समितिका अध्यक्ष गोबिन्द खरेलले बताए।

    राणाकालीन समयमा जंगबहादुर राणाले मनोरञ्जन स्थलको रुपमा प्रयोग गरिएको सो झरनामा संरक्षण र विकासका लागि काम भइरहेको उनले जानकारी दिए। वाड नं. २ मै रहेको अर्को शहीद स्मृति पार्कमा पनि आगन्तुकको बाक्लो भीड लाग्ने गरेको छ।  महेन्द्र राजमार्ग सँगै जोडिएको उक्त शहिद स्मृति पार्कमा बिभिन्न जिल्लाबाट पिकनिक तथा संघ संस्थाको कार्यक्रमहरू गरिँदै आएको छ।

    शहिद स्मृति पार्क शान्ति मन्त्रालयको सहयोगमा करिब ९ वर्ष अगाडि निर्माण गरिएको समितिका अध्यक्ष बिर्ष घिसिङले जानकारी दिए। यसैगरी सन्तपुर नमुना बस्ती पनि पर्यटकको आकर्षण स्थल हो। चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा रहेको उक्त नमुना बस्ती कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली) को आर्थिक सहयोग तथा पहलमा निर्माण गरिएको हो।

    उक्त नमुना बस्तीमा अवलोकनको लागि टावर समेत निर्माण गरिएको छ।  बस्ती हेर्नको लागि दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। गौरमा रहेको बरहवा ताल पनि आगन्तुकको आकर्षक स्थलको रुपमा परिचित छ। तालको अवलोकन तथा अध्ययनका लागि भारतीय नागरिकदेखि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्।

    रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकास्थित शिव मन्दिर धार्मिक पर्यटकको संगम स्थल हो। बेला बखत पूर्व राजा ज्ञानेन्द्र शाहले समेत दर्शन गर्दै आएको उक्त शिव मन्दिरमा खास गरी साउन महिनाभरि भक्तजनको भीड लाग्ने गरेको छ। पर्यटकीयस्थल बाहेक पनि पर्यटकको लागि रौतहटमा यस्ता धेरै  स्थलहरू रहेको भ्रमण वर्ष २०२० समन्वय समिति रौतहटका संयोजक उदयप्रसाद सापकोटाले बताए।

    धार्मिक स्थलको रुपमा रहेको चन्द्रपुर नगरपालिका १ स्थित पौराइ ब्रह्म बाबास्थल, चन्द्रपुर नगरपालिका ३ स्थित रहेको कालापानी क्षेत्र, चन्द्रपुर नगरपालिका ६स्थित डाबरी क्षेत्र, गडीमाइ नगरपालिकास्थित समनपुर, गडीमाइ लगायतका ठाउँहरू पनि पर्यटकको लागि घुम्ने थलो भएको संयोजक सापकोटाले बताए। Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    News

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑