वीरगँज । वीरगंजमा बेहुलाले सिक्री नपाएको विषयमा उत्पन्न विवादका कारण विवाह भाँडिएको घटनामा बेहुलाले बेहुलीको खुट्टा समातेर क्षमायाचना गर्दासमेत बेहुली पक्ष नमानेको बताईएको छ । विगत दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेकी रमिता कुमारी र सँजय साहले विवाहको लागि राजी हुँदा उनको मामाले विवाह भाँडने प्रपँचमा सफल भएको बताईएको छ । पहिलेदेखि नै प्रेम विवाहको लागि खिलाफ रहेका बेहुलीको मामाले विवाहसम्म आफ्नो इगो नत्याग्दा विवाह भाँडिएको आरोप बेहुला पक्षको छ ।
सोही क्रममा बेहुली पक्ष नमानेर पर्सा प्रहरीमा दाइजो मुद्दामा जाहेरी परेर आवश्यक कारबाही अघि बढेको बेहुला पक्षले जानकारी गराएको छ । बेहुलाको घर बारा, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का बासिन्दा तथा सो वडाका पूर्वअध्यक्ष जटाशङ्कर सहनीले कुरा नमिल्दा अन्त्यमा मुद्दा दर्ता भएको जानकारी गराए । बुधबार साँझ ५ बजे बेहुली पक्षले जाहेरी दर्ता गराएपछि विवाह औपचारिकरूपमा भाँडिएर मुद्दामा गएको जानकारी गराए । “हामी बिहान ३ बजेदेखि नै बेहुला र बेहुली पक्षबीचको झगडाको विषयमा गम्भीर भएका थियौं, यस्तो घटनाले समाजमा नकारात्मक सन्देश दिन्छ,” उनले भने, “त्यस कारण पुनः विवाह गराउने र विवाद साम्य पार्न पहल गरेका थियौं, तर असफल भयौं ।” एक सदस्यले भने ।
गहनाको विषयमा वरमालापछि विवाहपूर्व गरिने विधिमा दुवै पक्षबीच झगडा हुँदा कुटाकुट भएको थियो । त्यसपछि बेहुली पक्षले प्रहरी बोलाएर बेहुला पक्षका छजनालाई नियन्त्रणमा लिए पनि पाँचजनालाई विरोधी बनाएर जाहेरी दर्ता भएको पर्सा प्रहरीका प्रवक्ता प्रनाउ कुमारविक्रम थापाले जानकारी गराए ।
उनले दाइजो मुद्दामा थप आवश्यक कारबाही अघि बढेको बताए । यता, बेहुला उमेश साह गोढका भिनाजु, बारा, परवानीपुर–५ नौतन बस्ने आनन्द साह भन्ने रामएकबाल साहका बुबा लालजी साह गोढले आफूहरू दाइजोको विरोधी भए तापनि यो घटनामा बेहुला पक्षलाई एकोहोरो दोषी बनाउन लागिएको आरोप लगाए । त्यसैगरी, साझा विवेकशील पार्टीका बारा अध्यक्ष एवं बेहुला पक्षका अधिवक्ता डा सुशील साहले दाइजोको मुद्दा अघि बढे तापनि दाइजोको मुद्दा अदालतमा पुष्टि गर्न जटिलता रहेको प्रतिक्रिया दिए । उनले दाइजो लिनेदिने दुवैलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे । बेहुली पक्षले पनि धैर्यता नअपनाउँदा विवाह नै बर्बाद भएको उनले जिकिर गरे ।