वीरगञ्ज । भारतबाट तस्करी गरी ल्याइएको जुत्ता चप्पल प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर घण्टाघर सडक खण्डकाे एक कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ताचप्पल बरामद गरेको हो ।
भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त गोदाममा छापा मारेर बेवारिशे अवस्थामा जुत्ताचप्पल बरामद गरेको हाे।
गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम र प्लाष्टिकको लेडिज चप्पल २६ जाेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ । बरामद जुत्ताचप्प आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएक पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।