• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वालुवा लाेड गरेकाे ६ वटा ट्रेक्टर लालपर्साबाट पक्राउ, प्रहरीले दु:ख दियाे ट्रेक्टर धनी

  • वीरगंज संजाल
  • १९ पुष २०७६, शनिबार १२:३९
  • ४८११

    वीरगन्ज । पर्सा प्रहरीले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट बालुवा बोकेको ६ वटा ट्याक्टर सहित चालकलाई पक्राउ गरेको छ । भारत तर्फ बालुवा चोरी निकासी गरीरहेको आरोपमा एसपी सोमेन्द्र सिंह राठौरलाई पाएको विशेष सुचनाको आधारमा लालपर्साबाट ६ वटा ट्याक्टरमा लोड गरिएको बालुवा वीरगन्ज तर्फ ल्याईरहेको अवस्थामा चालक सहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वीरगन्ज ३१ बेल्वाका शेख जावेद, शेख जफरुदिन, रघुनन्दन साह, विर लक्ष्मण साह कानु, शेख सद्दाम र मोहमद कलामुदीन रहेका छन । उनीहरुले ना ४ त ४३६५, ना ७ त ३०६, ना ४ त ९२८६, ना ६ त ५४८१, ना ४ त ५३०० र ना ३ त ९३९१ नम्बरको ट्याक्टरमा बालुवा लोड गरी वीरगन्ज तर्फ ल्याईरहेका थिए । प्रहरीले वीरगन्ज भित्रियाउँन लागिएको बालुवा भारत तर्फ चोरी निकासी गर्न लागिएको भनि आएको विशेष सूचनाको आधारमा पक्राउ गरेको दावी गरेको छ ।

    एसपी राठौरले भने, भारत तर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएका हौ । पक्राउ परेका ६ जना मध्ये ४ जनालाई पक्राउ परेको चार घण्टा भित्र आफन्तको जिम्मामा प्रहरीले छाडेको छ । भारतमा अवैध रुपमा निकासी गर्न लागेको र आफूहरुलाई सिमा नजिकै श्रीसिया गाउँबाट पक्राउ गरेको भनि बयानमा जबरजस्ती हस्ताक्षर गराएर छाडेको शेख जफरुदीनले बताए ।

    उनले भने, प्रहरीले कुटपिट गरेर जबरजस्ती बयानमा हस्ताक्षर गर्न लगाएको हो, हामी मध्ये सद्दाम र कलामुदीनले हस्ताक्षर गर्न नमानेपछि सार्वजनिक मुद्दा चलाउँने भनि धम्काउँदै थुनुवामा राखेका हुन् । दिउँसो सम्म बयानमा हस्ताक्षर गर्न नमानेपछि बेलुका स्थानिय वडाका वडाध्यक्ष चुमन चौधरीको जिम्मा लगाई पठाएको हो ।

    घटनामा पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत चासो देखाउँदा एसपी राठौरले प्रजिअ बस्नेतलाई नै भ्रमित बनाउँने काम गरेको देखिएको छ । पिडितका आफन्तहरु प्रजिअ बस्नेत कहाँ पुगेर पक्राउ गरेको बारे तथ्यसत्य जानकारी गराउँदै निश्पक्ष छानविन गरी कारवाही गर्न आग्रह गरेपछि उनले तत्कालै एसपी राठौर संग फोन सम्पर्क गरी घटना बारे सोधपुछ गर्दा उनलाई नै भ्रमित बनाउँदै भारत तर्फ निकासी गर्न लागि रहेको अवस्थामा पक्राउ गरेर अहिले कारवाहीको लागि भंसार कार्यालय बुझाई सकेकोले यसमा केही गर्न नमिल्ने जानकारी गराएका थिए ।

    यदपी प्रहरीले बालुवा सहित पक्राउ गरेको ६ वटै ट्याक्टर सिमा भन्दा करिब ८ किलो मिटर उत्तर तर्फ वीरगन्ज ३० लालपर्साको मेनरोडबाट नियन्त्रणमा लिएको हो । यदी भारत तर्फ निकासी गरीरहेको सूचना पाएका एसपी राठौरले सिमाबाट किन ट्याक्टर पक्राउ गरेन् ? सिमा भन्दा ८ किलो मिटर वर किन ट्याक्टर पक्राउ गरे पिडित पक्षको भनाई छ ।

    बाराको बकुलिया स्थित दुधौरा खोलाबाट प्रति ट्याक्टर ८ सय २५ रुपैयाको रसिद काटेर बालुवा निकासी गरेर ल्याएको रसिद देखाउँदा समेत प्रहरीले छाडन मानेन्, चालक शेख जावेदले भने, हामीले गाडीको ब्लूबुक र लाईसेन्स समेत दियो तर पनि प्रहरीले कुनै सुनवाई गरेन हाम्रो मोबाईल खोसेर स्वीच अफ गरी नियन्त्रणमा लिएको थियो । उनले भने, हामीले ल्याएको बालुवा वीरगन्जको नगवा चौकमा लगेर बेच्ने गरेको बारे बारम्बार बताउँदा पनि प्रहरीले कुनै सुनवाई गरेर, उल्टै कुटपिट गरी धाकधम्की देखाउँदै नियन्त्रणमा लिएको हो ।

    अरुले दिएको गलत सूचनाको आधारमा प्रहरीले आफूहरु माथि धेरै अन्याय अत्याच गरेको पिडितका आफन्तले गुनासो गरेका छन । कृषीको लागि बैंक ऋणमा निकालिएको ट्याक्टर प्रहरीले जबरजस्ती भारत तर्फ अवैध रुपमा बालुवा निकासी गरेको झुठो आरोपमा फसाएका पिडितको आरोप छ ।

    पिडितका आफन्त शेख मईमले भने, प्रहरीले हामीमाथि ठूलो अन्याय गरेको छ, न्यायको लागि सडक आन्दोलन देखि अदालतको ढोका ढकढकाउँने छौ । एसपी राठौरको काम कारवाही प्रति प्रश्न चिन्ह खडा गर्दै मईमले भने, एसपी सरको नियत ठिक छैन्, अहिले सम्म बालुवा बोकेको ट्याकटर पक्राउ पर्दा पनि भंसार कार्यालयमा चलान भएको छैन । जिल्ला बन कार्यालय वा जिल्ला समन्वय कार्यालयमा बुझाउँने गरेको पाईएको छ ।

    तर वन कार्यालय वा जिल्ला समन्वय कार्यालयमा बुझाउँदा प्रहरीलाई मोटो कमिशन नआउँने भएकोले कमिशनको लागि भारत तर्फ चोरी निकासी गरेको भनि झुठो आरोप लगाएर भंसार कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीले एउटा अभियाननै चलाएको छ, प्रहरी हाम्रो साथी रे, केको साथी आक्रोशित हुदै उनले भने, हामी माथि अन्याय अत्याचार गर्ने प्रहरी हाम्रो साथी हुनै सक्दैन अहिले पैसाको लागि मात्र काम गरीरहेका छन । Kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑