काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा शंका लागेपछि चेक गर्दा ६ वटा क्याप्सुल बनाएर मलद्वारमा लुकाइराखेको अवस्थामा भारतीयलाई पक्राउ गरिएको महानगरीय विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले लोकान्तरलाई बताए ।
भारतको महाराष्ट्रका नविन गोपीचन्द र भारत सुरेसलाललाई भन्सार विभाग र प्रहरीले पक्राउ गरेको एसएसपी साहले बताए । आरोपीहरू कतारको दोहाबाट एयर अरेबियाको विमानमा नेपाल आउँदै गर्दा पक्राउ परेका हुन् । Lokaantar