वीरगंज | नेपाली बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनकाे मुल्य तोलामा २ हजार रुपैयाले वृद्धि भएर १ लाख २१ हजार पुगेको छ। अघिल्लो काराेब तोलाको १ लाख १९ हजार रुपैयाँ रहेकोमा सुन आइतबार तोलामा १ लाद २१ हजार रुपैयामा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँले बढेको छ। अघिल्लो कारोबार तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। पछिल्लो समय निरन्तर सुनको मूल्य बढिरहेको छ।