वीरगञ्ज । वीरगञ्जको ज्ञानदा एकेडेमीमा नेपाली विषयक प्रशिक्षण सम्पन्न भएको छ । एकेडेमीका विद्यार्थीहरुलाई नेपाली विषयका विविध आयामका बारेमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. गणेश प्रसाद भट्टराई र शिक्षा विद् तथा पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवी नेपालले प्रशिक्षण दिएका थिए ।
कक्षामा बालबालिकाको सामुहिक सहभागिता तथा ध्यानाकर्षण गराउन शिक्षण विधिमा ध्यान दिनुपर्ने कुराहरुका बारेमा पनि निर्देशक डा. भट्टराईले प्रशिक्षणमा सहभागी शिक्षकशिक्षिकालाई अवगत गराएका थिए । साथै उनले पाठ्यक्रममा समावेश भएका विषयवस्तु र तिनका उद्देश्य र औचित्यका बारेमा पनि प्रकाश पारेका थिए ।
पाठ्यक्रम विकास केन्द्रले प्रकाश गर्ने हरेक पाठ्यक्रमको उद्देश्य रहेको बताउँदै उनले समयअनुसार पाठ्यक्रम परिमार्जन हुँदै आएको पनि जानकारी गराए ।
समयअनुसार आफुलाई पनि परिमार्जन गर्नुपर्नेमा जोड दिँदै प्राध्यापक डा.देवी नेपालले नेपाली भाषा र साहित्यमा चुनौती थपिएकोमा चिन्ता व्यक्त गरे ।
प्रशिक्षकद्वय भट्टराई र नेपाललाई ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले खादा र टीका लगाएर स्वागत गरेका थिए । साथै उनले मातृभाषा र राष्ट्रिय भाषाको संरक्षण तथा प्रबद्र्धनमा ज्ञानदा एकेडेमी निरन्तर लागेको पनि दाबी गरे । कार्यक्रमको सहजीकरण रामप्रसाद पाण्डेले गरेका थिए ।