• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हाइप्रोफाइलदेखि लोप्रोफाइलसम्मकाले विवाहका नाममा गर्दैछन् शक्ति प्रदर्शन, हुँदैछ– कानुनको ठाँडो उल्लंघन्

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार १५:१०
  • १७०१

    वीरगञ्ज । अहिले विवाहको मौसम चलिरहेको छ । विवाह भनेको स्त्री र पुरुषबिचमा पतिपत्नीको सम्बन्धमा कायम गराउने धार्मिक, सामाजिक कृत्य हो ।
    तर पछिल्लो समय विवाहको नाममा शक्ति प्रदर्शन गरेर फजुल खर्च गर्ने विकृति मौलाउँदै गइरहेको छ । त्यसका केही उदाहरणहरु हेरौं ।

    उदाहरण–१
    गएको माघ तेस्रो साता बीरगन्ज कलाक्र्स रिसोर्टमा एउटा हाइप्रोफाइल विवाह भयो । जिल्लाकै हाइप्रोफाइल घरानाको विवाह भएकाले त्यसमा कम जन्ती जाने कुरै भएन ।
    फलस्वरुप त्यो विवाहमा करिब दश हजार व्यक्ति सहभागी भए, जन्ती बनेर । जहाँ सांसद, मन्त्री, पूर्वमन्त्री,प्रदेशका पूर्वमन्त्री,सिडिओ,एसपीसहित हाइप्रोफाइल व्यक्तिहरु नै सहभागी थिए । स्रोतका अनुसार यो एउटा विवाहको भोजमा मात्रै करौडौं रुपैयाँ खर्च भएको अनुमान छ ।

    उदाहरण–२
    हिजो मात्रै बीरगन्जको नगरसभा गृहमा एउटा विवाह सम्पन्न भयो । यो सम्पन्न विवाहमा बीरगन्जका अधिकांश व्यक्तिको सहभागिता थियो । भीआइपी घरानाको विवाह कार्यक्रम भएकोले यहाँ राजनीतिक, प्रशासनिकसहित वकिल, डाक्टर, पत्रकार, समाजसेवी गरी हरेक क्षेत्रका परिचित व्यक्तिहरु सहभागी भए, जुन सहभागीता सामाजिक व्यवहार सुधार ऐन,२०३३ विपरीत थियो ।

    कानुनको पालना गराउनेदेखि लिएर कानुन बनाउँनेसम्म व्यक्ति यी २ वटै विहेमा सरिक भए ।
    यी दुइ ठाउँमा भएको विहे त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन । पछिल्लो समय मधेशमा हुने हरेक विवाहमा ती व्यक्तिको क्षमता अनुसार बढी जन्ती लैजाने विकृति बढ्दो छ, जसको मारमा दुलही पक्ष परिरहेका छन् ।
    तरपनि कानुन कार्यान्वयन गराउने निकाय भने मौन झै बसिरकेको छ । जसकाकारण केटी पक्ष अर्थात् दुलही पक्षमा मार मात्रै परिरहेका छैनन्, एउटा छोरीको बिहे गर्न अभिभावकले आफ्नो जीवनकालमा कमाएका सारा सम्पति नै सिध्याउँनु परिरहेको छ ।

    किन हुँदैछ शक्ति प्रदर्शन ?
    मधेशमा हरेक काम एक अर्काको देखासिकी हुने गरेको पाइन्छ । यहीकारणले मधेशमा हुने विकृतिको अन्त्य नहुने गरेको जानकार बताउँछन् ।
    जानकार भन्छन्–पछिल्लो समय मधेशमा विवाहमा शक्ति प्रदर्शन गर्ने चलन बढ्दो छ । देखासिकीको
    मधेशमा सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध लगायतका कार्यक्रम शक्तिप्रदर्शन गर्ने माध्यम बन्न थालेको छ ।

    कानुन बनाउने र आम जनतालाई सचेत बनाउनुको साटो शतिm प्रदर्शन गर्ने परम्परा बढीरहेको गुनासा पनि बढ्दैछन् । यो समस्या शहरमा मात्र नभई गाउँसम्म पनि विवाह पुगेको छ, भडकिलो बन्दै गइरहेको छ ।
    सामाजिक परम्पराको नाममा हुने विकृतिले मधेशमा अझ बढी समस्या आइरहेको जसपा पर्साका सचिव तबरेज अहम्मद बताउँछन् । त्यसकारण सामाजिक परम्पराको नाममा गरिने तडभडले विवाहलाई महँगो बनाउँदै गइरहेकाले यसलाई रोक्नतर्फ ध्यान दिन जरुरी रहेको उनको तर्क छ ।

    हाइप्रोफाइल घरानाका विहेमा बढी समस्या
    पछिल्लो समय खासगरी यो समस्या त सबै वर्ग, समुदायमा यो प्रवृति मौलाउँदै गइरहेको पाइन्छ । राजनीतिक दलका नेता, प्रदेश सभाका सदस्य, प्रतिनिधि सभा सदस्य, मन्त्रीसहितका हाइप्रोफाइल विहेमा बढी सहभागीतामा भोजभतेर हुने गरेको सामाजिक अभियान्ताहरु बताउँछन् ।

    उनीहरुका अनुसार राजनीतिक नीति नियम बनाउनेहरुकै विवाहमा हुने तडकभडकले समाजका निम्न वर्गलाई अप्ठ्यारोमा पार्दै गइरहेको छ ।
    त्यसकारण यो देखासिकीले गर्दा आर्थिक रुपमा समेत समस्या हुने गरेकोले यो खाले भोजभतेरलाई सामाजिक रुपमा नै बहिष्कार गर्नुपर्ने जरुरी रहेको सामाजिक अभियन्ता प्रकाश थारुको सुझाव छ । उनका अनुसार यस्तो खाले भोजले समाजमा नकारात्मक प्रबृतिको विकास हुँदै गइरहेको छ ।

    यो प्रवृतिको विकासमा अझ मलजल गरिरहेको छ–स्थानीय प्रशासन । हाइप्रोफाइल विवाहमा स्थानीय प्रशासनले आफ्नो सहभागीता जनाएर त्यस्ता खाले भोज भतेरको बढावातर्फ उस्काइरहेको जस्तो देखिन्छ,’ सामाजिक अभियान्ता थारुको बुझाइ छ । उनी भन्छन्,‘जनप्रतिनिधिहरुले मात्रै होइन धनाढ्य र मध्यमवर्गका व्यक्तिहरुमा यो समस्या बढ्दै छ, पहुँच देखाउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायका उच्च अधिकारीहरुलाई समेत निमन्त्रणा दिएर भोजमा बोलाइदैछ, जसको कारणले विवामा फजुल खर्च बढिरहेका छन् ।’

    के छ कानुनी व्यवस्था ?
    दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजीकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट ५१ जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न हुँदैन । यो भन्दा बढी आमन्त्रण गरेमा कानुनी कारबाहीको व्यवस्था छ ।
    सामाजिक व्यवहार सुधार ऐन, २०३३ को (२) उपदफा (१) उल्लंघन गर्नेलाई बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । तरपनि पछिल्लो समय विवाहका नाममा शक्ति प्रदर्शन गर्ने कार्य भइरहेको नागरिक समाजको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑