आज:
  • होमपेज / Breaking News

    विराटनगर भन्सारमा ८ जलविद्युत आयोजनाका १४ करोडको सामान रोकियो

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ११:२३
  • २०३७

    वीरगंज । विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा विभिन्न ८ वटा जलविद्युत कम्पनीको करोडौं रुपैयाँको सामान रोकिएका छन्। ८ वटा जलविद्युत आयोजनाले आयात गरेको १३ करोड ९४ लाख ९६ हजार रुपैयाँको सय कन्टेनरभन्दा बढी सामान गत बुधबारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) काअनुसार भारतबाट आयात भएका जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण भन्सारमा नै रोकिएका हुन् ।

    अहिलेसम्म आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, मेवा डेभलपर्स, सानभी इनर्जी र हिमपर्वत हाइड्रोपावर कम्पनीको सामान भन्सारमा रोकिएका छन् । भैरहवा, विरगञ्ज भन्सार बिन्दुबाट सामान आयात भएको भएपछि विराटनगर भन्सारबाट भने सामान आयात रोकिएको छ । भन्सारले आर्थिक विद्येयकमा भएको व्यवस्थामा केही अन्योलत भएको भन्दा सामान आयात रोकेको जनाएको छ ।

    पहिला आयोजना प्रबर्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने व्यवस्था थियो । अहिले जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था छ । प्रबर्धक कम्पनी हटाएको छ । आयोजनाले सामान ल्याउनका लागि विद्युत् विकास विभागले पत्र दिने गरेको छ । आयोजनाको प्रवर्धक कम्पनीको नाममा सिफारिस पत्र दिएको भन्दै सामान रोकिएको छ । यअसघि आयोजना प्रबर्धक कम्पनीको नाममा सिफारिस पत्र दिँदा पनि सामान आयात हुने गरेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

    यसअघि जुन प्रकृयाले आयोजनाहरुले सामान आयात गरेका थिए, अहिले पनि त्यही प्रकृयाबाट नै सामान आयात गर्दा एक सातादेखि रोकिएको छ।
    यो समस्या समाधानका लागि इप्पानका पदाधिकारीहरुले अर्थ मन्त्रालय, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक लगायतका अधिकारीहरुलाई एक सातादेखि निरन्तर छलफल गरेका छन् । अब केही दिनमा नै यो समस्या समाधान हुने इप्पानका महासचिव बलराज खतिवडाले बताए ।

    इप्पानका अन्य सदस्यहरु भने गत असारमा बाढीले क्षति पुगेका २८ आयोजनालाई राज्यले क्षतिपुर्ती नदिएको, करिब १५० आयोजनालाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयात गर्न सहजिकरण नगरेको र अहिले पनि ८ वटा आयोजनाको सामान भन्सार बिन्दुमा नै रोकेर राज्यले प्रबर्धकलाई निरुत्साहित गर्न खोजेको बताउँछन् ।

    सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिने अनी, आयोजनाले निर्माणका लागि आवश्यक उपकरण ल्याउँदा विभिन्न बाहनामा भन्सारमा नै रोक्न गरेको उर्जा उत्पादकहरुको तर्क छ । यस्ता कार्यले सरकारले लक्ष्य पुरा हुन नसक्ने उर्जा प्रबर्धकहरुको तर्क छ । भन्सार विभागका अनुसार अहिले आयोजनाको नाम लेखिएका कम्पनीहरुको सामान भने रोकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑