• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय निकुञ्जको अवरोधले ठोरीमा चार किमी हुलाकी सडक अधुरै

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ०९:३३
  • ९०५

    वीरगंज | पर्सा चितवन राष्ट्रिय निकुन्जको अवरोधका कारणले हुलाकी सडक अन्तर्गत वीरगन्ज–ठोरी सडक खण्डमा अधुरो रहेको साढे ४ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन ।
    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकृत सन्जय कुमार ठाकुरका अनुसार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको हालसम्म जारी अवरोधले ठोरी गाउँपालिकामा अधुरो रहेको साढे ४ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको हो ।
    ‘निकुञ्जको कोर एरियामा पक्की सडक बनाउन मिल्दैन भन्दै निकुञ्ज प्रशासनले हाल सम्म अवरोध गर्दै आएको छ,’ उनले भने, ‘हामीले पटक पटक निकुञ्ज प्रशासनलाई अवरोध नगर्न आग्रह ग¥यौं, तर समस्याले निकास पाएन अझैसम्म ।’

    सडक निर्माण गर्न अवरोध भएपछि २ वर्ष अघि सडक निर्माणको काम अधुरो छोडेर ठेकेदार कालिका÷बानियाँ जेभि कम्पनी फिर्ता गएको थियो । ठेकेदार कम्पनीले कागजी रुपमा समेत काम सम्पन्न गरी सकेको छ ।
    ठोरीबासीहरु पनि लामो समयदेखि हुलाकी सडकको काम अवरुद्ध हुँदा आजित छन् ।ठोरीका स्थानीय कांग्रेस नेता प्रकाश खनालले ठोरीबासीको लामो प्रतीक्षापछि वीरगन्ज–ठोरी हुलाकी सडकले मूर्त रुप लिएपनि यो सडकलाई पूर्णता नदिई अधुरो छोडिनु दुःखद रहेको बताए । ‘वीरगन्ज–ठोरी र ठोरी–माडी सडक ठोरीबासीको वर्षौदेखिको सपना हो,’ उनले भने, ‘तर विभिन्न प्राविधिक जटिलता देखाएर यो दुबै सडकको काममा अवरोध गरिएको छ, यसले ठोरीको समग्र विकासमै तगारो लागेको छ ।’

    पछिल्लो समय अधुरो रहेको हुलाकी सडकको एलाइन्मेन्ट नै परिवर्तन गरी मानव बस्तीको बीचबाट लग्ने प्रयास भई रहेकोपनि आफूहरुले जानकारी पाएको खनालले बताए ।‘यदी एलाइन्मेन्ट परिवर्तन गरेर हुलाकी सडकलाई मानव बस्तीको बीचबाट लग्ने प्रयास गरिन्छ भने त्यो हामीलाई स्वीकार्य हुँदैन,’ उनले भने, ‘घना बस्तीको बीचबाट राजमार्ग लग्दा दुर्घटनाको जोखिम बढ्ने र व्यावहारिक रुपमा पनि झन्झटिलो समेत हुन जान्छ ।’ अर्का स्थानीय रन्जित थापाले भने अधुरो छोडिएको हुलाकी सडक खण्डमा ढेडु खोलाको पुल समेत निर्माण नहुँदा वर्षायाममा हुलाकी सडकमा आवागमन गर्न समस्या हुने गरेको बताए। ‘एकातिर हुलाकी सडक अधुरो छोडियो, अर्को तिर यही सडकमा एउटा पुल बनाइएन,’ उनले भने, ‘यो त हात्ती छि¥यो, पुच्छर अड्कियो जस्तो भयो ।’

    हुलाकी सडक निर्माण अघि अध्ययन गर्दा निकुञ्ज प्रशासनसँग समन्वय गरिनुपर्नेमा त्यसो नगरी सडक निर्माण कार्य सुरु गरिएपछि बाधा अवरोध आउनुमा सरकारी कार्यालयहरुबीचको समन्वय र तालमेलको अभाव प्रमुख कारण रहेको थापाको आरोप छ ।
    ठोरी–माडी सडक खण्डमा दैनिक सयौंको संख्यामा मोटरसाइकल, म्याजिक भ्यान, मालबाहक ट्रकहरु चल्छन् । यस बाहेक ठोरीबाट चितवन हुँदै काठमाडौंसम्म ८ वटा रात्री बस समेत चल्ने गरेका छन् । पछिल्लो समय ठोरीमा पर्यटन गतिविधिमा समेत वृद्धी भएको छ । तर अधुरो हुलाकी सडकले पर्यटकलाई पनि सास्ती हुने गरेको छ ।
    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकृत ठाकुरले भने ठोरीमा अधुरो रहेको हुलाकी सडकको एलाइन्मेन्ट परिवर्तन गर्ने योजना तत्काल नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑