वीरगंज । धनुषामा सबभन्दा खत्तम नगरपालिका मानिएको कमला नगरपालिकामा अझै कामकाज सुचारु हुन सकेको छैनन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्ने वितिय मूल्याँकनमा सबभन्दा कमजोर नगरपालिका रहेको कमला नगरपालिकामा नयाँ जनप्रतिनीधिहरुले समेत पुरानै रिति अपनाएपछि नगरपालिका अविकासको बन्दी बनेको हो ।
चालु आर्थिक बर्ष २०८०/०८१ को ८ महिना बितिसक्दा पनि अहिलेसम्म विकासको नाममा हुने वितिय खर्च भने जिरो रहेको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा सँचालन गर्ने योजनाहरु समेत सुत्रमा इन्ट्री हुन सकेको छैनन् । केही वडाका वडाध्यक्षहरुले अझै योजना पेश नगरेको कारण सुत्र इन्ट्रीमै ढिलाई भएको हो ।
फागुन मसान्तसम्म कम्तीमा २० प्रतिशत विकासको कामकाज भईसक्नुपर्नेमा कमला नगरपालिकामा विकासको कार्य भने जिरो भएको छ । समाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासाबाहेक अन्य कुनै पनि कार्य हुन सकेको छैनन् ।
यता, कमला नगरपालिकामा फाँटका कर्मचारीहरु समेत नआउँदा नगरपालिका सुनसान देखिएको छ । यतिबेला अन्य कार्यक्रमहरु स्कीप गरी कार्यालय बस्नुपर्ने अवस्था भएपनि कर्मचारीहरुको घुमन्ते फिरन्ते बानीले नगरपालिका अविकासको बन्दी बनेको हो । जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय ठोस हुन नसकेपछि नगरपालिका ध्वस्त हुँदै गएको हो ।