• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    उद्योगको प्रदूषणबाट स्थानीय पीडित

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ०८:४३
  • २६४३

    बारा । बाराको जितपुर–सिमरा क्षेत्रका स्थानीयवासी उद्योगधन्दाको धुँवा तथा धुलोमा बस्‍न बाध्य भएका छन् ।

    सरकारले कुन क्षेत्रमा उद्योगधन्दा चलाउन अनुमति दिने, कुन क्षेत्रमा मानव बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने अवधारणा नल्याउँदा स्थानीयवासी धुँवा, धुलोमा बस्‍न बाध्य भएका हुन् ।

    जितपुर–सिमरा क्षेत्रमा सञ्चालित उद्योगधन्दाका कारण निस्कने धुलो तथा धुँवाले आजित भएका स्थानीयवासी र उद्योगी–व्यापारीबीच यस विषयमा पटक–पटक छलफल भएको भए पनि त्यसको निचोड अहिलेसम्म पनि निस्कन सकेको छैन । जसकारण यस क्षेत्रका उद्योगधन्दाबाट निस्कने धुँवा धुलोले यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।

    यस विषयलाई लिएर उद्योगी र स्थानीयवासीबीचको पटक पटको विवादमा स्थानीय प्रहरी प्रशासन मौन बस्‍नुले झन् समस्या ल्याउने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बताए ।

    बारा र पर्सा जोड्ने व्यापारिक मार्गका उद्योगीले पनि सरकारबाट आवश्यक सहयोग र सुरक्षा नपाएको गुनासो गरेका छन् । मुलुककै अर्थतन्त्रको मेरुदण्डको रूपमा यो व्यापारिक मार्गको प्रयोग हुने गरेको भए पनि सरकारले यस मार्गलाई विशेषरूपमा हेर्न नसकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

    मुलुककै अर्थतन्त्रको मेरुदण्डलाई सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै साना तथा ठूला व्यापार–व्यावसायलाई सरकारले एउटै नजरले हेर्ने गरेका कारण पनि स्थानीय उद्योगीहरुको मनोबल घट्ने गरेको उद्योग वाणिज्य सङ्घ बारा शाखा जितपुरका सल्लाहकार गणेशप्रसाद साहले बताए ।

    ठूलो पूँजी र धेरै जनशक्तिको प्रयोग गरेर उत्पादन गर्ने उद्योग र साना तथा थोरै जनशक्तिमा पनि सञ्चालन हुने उद्योगी तथा व्यवसायीलाई एउटै नियमले बाँध्‍न खोजे साना उद्योगीमा निराशा आउने साहको भनाइ छ । औद्योगिक नगरीको रूपमा परिचित जितपुर–सिमरा क्षेत्र विगतको तुलनामा केही सुरक्षित बन्दै गएको भए पनि आवश्यक मात्रामा सुरक्षित हुन नसकेको उद्योगीले बताएका छन् ।

    सरकारले मुलुककै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यस क्षेत्रका व्यापारी व्यावसायी तथा उद्योगीको मनोबल बढाउने गरी सुरक्षा व्यवस्था गरी त्यसलाई निरन्तरता दिँदै अझ प्रभावकारीरूपमा अगाडि बढाउनुपर्ने व्यापारीको सुझाव छ । यसका लागि बारा र पर्साका सुरक्षा निकायको बीचमा समन्वय र छलफल निरन्तर हुनु आवश्यक रहेको उनीहरुले बताए ।

    यस क्षेत्रमा सञ्चालित उद्योगधन्दाबाट निस्कने प्रदूषण र धुँवाधुलोका कारण आफूहरु हैरान भएको भन्दै स्थानीयवासीले पटक–पटक स्थानीय प्रशासनसँग आग्रह गरिरहेको भए पनि कुनै सुनुवाइ नभएको स्थानीय पवनकुमार सिंहले बताए ।

    प्रदूषण नियन्त्रण तथा उद्योग अनुगमनको जिम्मा स्थानीय सरकारलाई दिएको भए पनि स्थानीय सरकार तथा स्थानीय प्रहरी प्रशासनले अनुगमनको नाममा अनुगमन मात्र गरेको तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएको स्थानीय विदुर खड्काले बताए ।

    केही दिन पहिला पनि स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासनले यस क्षेत्रका उद्योगको अनुगमन गरेको तर त्यसको परिणाम केही नआएको उनको भनाइ छ । साथै यो समस्या कुनै नयाँ नभएर पुरानै भएको र यो समस्या समाधान पनि नहुने स्थानीयवासीको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑