• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयल निगमका कार्यकारी निर्देशक भट्टलाई व्यवसायीको स्वागत, कमिसन वृद्धि र विनियमावली संशोधन गर्न माग

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १६:०९
  • १०४१

    वीरगंज | आयल निगमका कार्यकारी निर्देशक भट्टलाई व्यवसायीको स्वागत, कमिसन वृद्धि र विनियमावली संशोधन गर्न माग
    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई आइतबार दिउँसो पेट्रोलियम व्यवसायीले भेटेर स्वागत गर्दै केही मागसमेत राखेका छन्। पेट्रोलियम व्यवसायीले दिउँसो १२ बजे र ट्यांकर ढुवानी व्यवसायीले १ बजे भेटेर स्वागत गरेका थिए। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानको नेतृत्वमा गएको टोलीले स्वागत गर्दै तीन वर्षअघि खोसिएको पेट्रोल पम्प व्यवसायीको कमिसनदर पुरानै व्यवस्थाअनुसार पाउनुपर्ने माग राखेका छन्।

    आयल निगमले देशभर रहेका करिब १५ सय पेट्रोलपम्पको सुपरिवेक्षण गर्न ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५’ लागू गरेर पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन दर निर्धारण गरेको छ। यो विनियमावली लागू भएको एक वर्षपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर नेपाली बजारमा पनि मूल्य अकासिँदा आयल निगमले घाटा व्यहोरेको थियो। आयल निगमले मासिक अर्बौँ घाटा व्यहोर्ने, तर पम्प व्यवसायीले प्रतिलिटर ६–७ रुपैयाँ निरन्तर नाफा आर्जन गर्ने स्थिति भएपछि निगम व्यवस्थापनले विनियमावलीविपरीत छोटो समयका लागि भन्दै पम्प व्यवसायीको कमिसनदर घटाएर प्रतिलिटर पेट्रोलमा २.८७ प्रतिशत र डिजेलमा २.३९ प्रतिशत कायम गरिदिएको थियो। निगमले नाफा आर्जन गर्न थालेपछि पुरानै व्यवस्थाअनुसार पेट्रोलपम्प व्यवसायीको कमिसदर लागू हुने भद्र सहमति थियो। तर, आयल निगमले डेढ वर्षदेखि चर्को नाफा आर्जन गरे पनि पम्प व्यवसायीको खोसिएको कमिसनदर फिर्ता गर्न आनाकानी गर्दै आएको छ।

    एसोसिएसनका अध्यक्ष प्रधानले पुरानै व्यवस्थाअनुसार कमिसनदर लागू गर्न स्मरण गराएको जानकारी दिए। ‘नयाँ कार्यकारीलाई आज स्वागत मात्रै गरियो । माग पत्र राख्ने भनेर त्यस्तो केही गरिएन,’ उनले भने, ‘खोसिएको कमिसनदर भने फिर्ता हुनपर्छ भनेर सामान्य हिसाबले कुरा राखेका छौँ।’
    त्यस्तै, नमुना पम्प सञ्चालनका लागि विनियवलीमा १० किलोमिटरको दूरी हुनुपर्ने मापदण्ड निजी क्षेत्रका लागि मात्रै लागू गरिएकाले संशोधनका लागि जानकारी गराएको पनि उनले बताए। ‘सरकारी निकायले मापदण्ड नमाने पनि हुने गरी जतिसुकै दूरीमा पनि पम्प खोल्न पाउने व्यवस्था छ । यस्तो विभेदकारी व्यवस्थालाई संशोधन गर्नुपर्छ भनेका छौँ,’ उनले भने। पम्प व्यवसायीको कुरा सुनिसकेपछि कार्यकारी निर्देशक भट्टले निगम कर्मचारीसँग समन्वय गरेर व्यवसायीका मुद्दालाई सम्बोधन गर्ने बताएका थिए। ‘म भर्खर आएको छु । निगमबारे विस्तृत ब्रिफिङ लिन्छु। त्यसपछि के गर्नुपर्ने हो, त्यसबारे सल्लाह गराैँला,’ भट्टले छलफलमा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो।

    पम्प व्यवसायीलगत्तै पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको टोलीले पनि कार्यकारी निर्देशक भट्टलाई स्वागत गरेकाे थियाे। महासंघका महासचिव विश्व अर्यालका अनुसार देशभर पाइपलाइनबाट इन्धन ढुवानी गर्ने गृहकार्य भइरहेकाले ट्यांकरहरू बिस्तारै विस्थापित हुन थालेकोबारे जानकारी गराइएको थियो । ‘पेट्रोलियम पदार्थ ढुवानी गर्नकै लागि व्यवसायीले लगानी गरेर ट्यांकरहरू प्रयोग भइरहेका छन् । तर, अहिले पाइपलाइनको प्रयोग बढेकाले ट्यांकरहरु बिस्तारै कामविहीन भइरहेकातर्फ कार्यकारी निर्देशकज्यूलाई सचेत गराएका छौँ,’ महासचिव अर्यालले भने। महासंघले ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ लाई संशोधन गरेर इन्धन ढुवानी गर्ने ट्यांकरको संरक्षण गर्नुपर्ने सुझाव राखेको थियो । आयल निगमले इन्धन ढुवानीका लागि देशभर एक हजार आठ सय ५६ ट्यांकर करार सेवामा लिएर प्रयोग गरिरहेको छ। यसअघि गत बिहीबार ग्यास उद्योगीले कार्यकारी निर्देशक भट्टलाई स्वागत गरेका थिए। कार्यकारी निर्देशक भट्टलाई स्वागत गर्दै माग पत्र पेश गरेकाे अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑