• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मनोवैज्ञानिक दबाब र गलत सल्लाहले बरालिएकी महिलाले गरिन् बच्चा चोरी

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १२:१३
  • १६७३

    वीरगंज । लगातार बच्चा खेर गएपछि योजनाबद्ध रूपमा अस्पतालबाट बच्चा चोरेर कोठामा पुगेपछि उनले वरपर चिनेजानेकालाई ‘म सुत्केरी भएँ’ भन्दै बच्चा देखाएकी थिइन्, श्रीमान्‌लाई पनि फोन गर्दै आफू छोरीकी आमा बनेको सुनाएकी थिइन्काठमाडौँ — काभ्रेको चौंरीदेउराली गाउँपालिका–३ स्थायी घर भई कपनमा बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठ नवजात शिशु (छोरी) को स्वास्थ्य जाँच गर्न शुक्रबार बिहान साढे ९ बजेतिर थापाथलीस्थित परोपकार प्रसूति अस्पताल पुगेकी थिइन् । सविनाले प्रसूति गृहमै गएको माघ १५ मा छोरी जन्माएकी थिइन् । छोरीलाई जन्डिस र निमोनियाँको लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

    मनोवैज्ञानिक दबाब र गलत सल्लाहले बरालिएकी महिलाले गरिन् बच्चा चोरी शुक्रबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूतिगृहबाट बच्चा चोरेर कोठातर्फ जाँदै महिला । जेठाजु मनोज श्रेष्ठ र जेठानी दिदी अस्मितासहित सविना छोरीलाई लिएर अस्पताल पुगेकी थिइन् । सविनाका श्रीमान् पुजन घरमै थिए । पुजनका दाजु मनोज पेसाले ट्याक्सी चालक हुन् । नवजात शिशुसहित तीनै जनालाई आफ्नै ट्याक्सीमा अस्पताल पुर्‍याएर मनोज काममा फर्किए । शिशुको ओपीडी कक्षमा स्वास्थ्य परीक्षण भयो । चिकित्सकको सल्लाहमा भिडियो एक्सरे भयो । सविना र अस्मिता स्वास्थ्य परीक्षण रिपोर्ट कुरेर बसिरहेका थिए । रिपोर्ट नआउन्जेल सविना काखमा छोरी च्यापेर बसिरहेका थिइन् । त्यहीबेला अस्मिता एक्सरे रिपोर्ट लिन गइन् ।

    उति नै बेला केही मिटर दूरीमा पहेंलो ब्यागसहित रातो कुर्ता–सुरुवाल र मुखमा कालो मास्क लगाएकी एक महिला सविनाको नजिकै आएर ‘शंकास्पद व्यवहार’ देखाउन थालिन् । ती महिलासँग सविनाको कुनै चिनजान थिएन । उनको व्यवहार भने चिनेजानेको जस्तो देखिन्थ्यो । काखमा रहेकी छोरीलाई ती महिलाले ‘कस्तो क्युट बेवी’ भन्दै आफूतिर आकर्षित गर्न खोजिन् । छोरी रोइरहेकी थिइन् । छोरीले दिसा गरेपछि सविनालाई ‘डाइपर’ फुकालेर ‘डस्टबिन’ सम्म पुर्‍याउनुपर्ने बाध्यता आइपर्छ । त्यही बेला टाउको र मुखसमेत छोपेर छेउमै बसेकी महिलाले ‘म हेरिदिन्छु, तपार्इं गएर आउनुस्’ भन्छिन् । रोइरहेकी छोरी छोडेर डस्टबिनसम्म गएकी सविना फर्किंदा छोरी र ती महिलालाई नदेखेपछि आत्तिन्छिन् । यताउता कतै भेटिँदैन । करिब आधा घण्टा यताउता सोधीखोजीमै समय बित्छ । कतै पत्तो नलागेपछि सविनाले कपनमा रहेका श्रीमान् पुजनलाई ‘छोरी हराइ’ भन्दै खबर गर्छिन् । छोरी हराउनुअघि अस्पतालमा भएका सबै गतिविधि पनि सविनाले श्रीमान् पुजनलाई सुनाउँछिन् । अनि पुजनले प्रहरीलाई अस्पतालबाट बच्चा हराएको जानकारी गराउँछन् । केहीबेरमै काठमाडौं प्रहरीको टोली अस्पताल पुगेर सीसीटीभीमार्फत खोजबिन अघि बढाउँछ ।

    अस्पतालकै सीसीटीभी फुटेजमा बिहान ११ बजेर ४० मिनेटतिर मुखमा कालो मास्क र सलले टाउको छोपेकी रातो कुर्ता–सुरुवालवाली महिला बच्चा बोकेर वनस्पति विभागतर्फको गेटबाट बाहिरिएको देखिन्छ । केही दूरी पर पुगेर महिला ट्याक्सीमा गएको देखिन्छ । प्रहरीले ट्याक्सी र महिलाको हुलिया पिछा गर्दै काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकको स्थानसम्म पुग्छ । प्रहरीले बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी र काँडाघारीसम्म सार्वजनिक र अन्य स्थानका सीसीटीभी फुटेजमार्फत पिछा गर्छ । काँडाघारी चोकबाट महिला कता गइन् भन्ने खुल्दैन । नजिकैको किराना पसलको सीसीटीभीबाट पुनः महिलाको खोजी हुन्छ । महिलाबारे छेउछाउ व्यापार–व्यवसाय गर्नेले प्रहरीलाई ‘देखेजस्तो लाग्छ, ठ्याक्कै चिनजान छैन’ भन्ने जवाफ दिन्छन् । त्यहीबीच कसैले ‘बच्चा बोकेर कोठा पुगेकी महिलाको शंकास्पद गतिविधि’बारे प्रहरीलाई खबर गर्छन् । अनि प्रहरी प्रसूतिगृहबाट बच्चा चोरेर भागेकी महिला भएको कोठासम्म पुग्छन् । प्रहरी ती महिलाको कोठामा पुग्दा राति ११ बजेर ३९ मिनेट भइसकेको थियो । त्यसपछि थाहा भयो, ती महिलाको बच्चा चोरीको कहानी ।

    अस्पतालमा रातो पहिरनमा देखिएकी महिला कोठामा पहिलेको हुलिया फेरेर बुटे कलरको कुर्ता र कलेजी सुरुवाल तथा टोपी लगाएको ‘सुत्केरी हुलिया’मा देखिन्छिन् । काखमा बच्चालाई दूध खुवाएको जस्तो रूपमा उनी भेटिन्छिन् । दैलेख घर भएकी ती महिला र उनकी दिदी एउटै घरको वल्लो–पल्लो कोठामा बस्दै आएका छन् । ३ वर्षअघि मात्रै उनको विवाह भएको थियो । श्रीमान् पेसाले नेपाली सेना हुन् । विवाह भए पनि उनका सन्तान छैनन् । स्रोतका अनुसार उनको गर्भमै २/३ पटक बच्चा खेर गएपछि उनी ‘तनाव’ मा थिइन् । प्रहरीसँगको सोधपुछमा ती महिलाले आफ्नो ‘मिसक्यारेज’ भएको उल्लेख गरेकी छन् । उनी बेलाबेलामा धामी–झाँक्रीसँग पनि झारफुकमा जाने गरेको पाइएको छ । ‘धामी माता’ ले सन्तान हुने भन्दै औषधि पनि खान दिएको खुलेको छ । श्रीमान्लाई पनि आफू गर्भवती भएको भनेर ढाँटेकी थिइन् । तर, कुनै उपाय नलागेपछि अरूकै बच्चा चोरेर ‘आमा’ बन्ने ध्याउन्नमा उनी रहेको पनि पाइएको छ । अनुसन्धानका क्रममा प्रहरीलाई यो विषय उनले खुलाएकी हुन् ।

    दिदीको योजनामा ती महिला अरूकै बच्चा ‘ग्रहण’ गर्ने सुरमा पुगेकी थिइन् । दिदीसँगकै सल्लाहमा उनले बच्चा चोरेर ल्याउने योजनाका साथ शुक्रबार हुलिया नै बदलेर प्रसूतिगृह पुगेको खुलेको छ । सोही योजनाअनुसार शुक्रबार उनी स्वास्थ्य परीक्षण गर्ने भन्दै अस्पताल गएको पनि खुलेको छ । त्यहीक्रममा ओपीडीमा पुगेकी उनी र नवजात शिशुकी आमा सविनाको भेट हुन्छ । र, सविनालाई छलेर बच्चा चोरेको अनुसन्धानबाट खुलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्री अस्पतालबाट बच्चा चोरी भएको घटना र किन यसरी ती महिलाले बच्चा चोर्नुपर्ने अवस्थामा पुग्नुपर्‍यो भन्ने दुईवटा पक्षलाई केलाएर हेर्नुपर्ने बताउँछन् ।‘अस्पतालमा उपचारका लागि लगिएको शिशु चोरी हुनु आफैंमा अक्षम्य अपराध हो, यसमा कुनै शंका छैन, प्रहरीले पनि बडो मेहनत गरेर बच्चा सकुशल फेला पारी परिवारको जिम्मा लगाइसकेको छ, कसुरमा संलग्नमाथि अनुसन्धान जारी छ,’ एसएसपी खत्रीले भने, ‘तर, यो विषयमा हामीले अर्को भावनात्मक पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन । एउटा महिलालाई सन्तान कति महत्त्वपूर्ण छ र सन्तान नहुँदा परिवार र समाजमा महिलाले कस्तो कठिनाइ भोग्नुपर्छ भन्ने तीतो यथार्थलाई उजागर गरिदिएको छ ।’ यो घटनाले एकातिर अपराधको प्रवृत्ति र अर्कातर्फ सामाजिक चरित्रलाई सतहमा ल्याइदिएको एसएसपी खत्रीको टिप्पणी छ ।

    ‘बच्चा नभएपछि एउटी महिला सन्तानका लागि कुन हदसम्म जान्छिन् र महिलाका लागि सन्तान कति महत्त्वपूर्ण हुन्छ हो भन्ने भावनात्मक विषयलाई यो घटनाले चित्रण गर्छ,’ उनी भन्छन्, ‘ती महिलाको स्वास्थ्य अवस्थाबारे परीक्षणका लागि पठाइएको छ, रिपोर्ट आइसकेपछि यो पक्षलाई पनि साथमै राखेर अनुसन्धानलाई टुंग्याउँछौं ।’ बच्चा चोरीको घटनामा प्रहरीले आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धक र मान्छे बेपत्ता पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । प्रसूतिगृहबाट बच्चा चोरेपछि बीचबाटोबाटै उनले श्रीमान्लाई ‘मैले बच्चा पाएँ, लिन आउनू’ भनेर फोन गरेको पनि पाइएको छ । श्रीमान्सँग प्रहरीले सोधपुछ गर्दा गर्भमै बच्चा खेर गएपछि उनी तनावमा देखिएको तर यसरी अरूको बच्चा चोरेर ल्याएकोमा आफू अन्जान रहेको प्रस्टीकरण दिएका छन् । सीसीटीभी फुटेज र स्थानीयको सहयोगमा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि उनले ‘मैले जंगलमा भेटेर ल्याएको हो, किन दिनु ?’ भन्दै उम्किने प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले अस्पतालदेखि काँडाघारीसम्म पिछा गर्दा फेला परेका सीसीटीभी फुटेज देखाएपछि हच्किएकी उनले त्यसपछि मात्रै बच्चा चोरेको स्विकारेकी थिइन् । अस्पतालबाट बच्चा चोरेर कोठामा पुगेपछि उनले वरपर चिनेजानेकालाई ‘म सुत्केरी भएँ’ भन्दै बच्चा देखाएकी थिइन् । श्रीमान्लाई पनि आफू छोरीको आमा बनेको भन्दै खुसीले फोन गरेकी थिइन् ।

    चोरिएको शिशु राति नै प्रहरीले परिवारको जिम्मा लगाएको छ । शिशुको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । चोरीमा संलग्न उनी र दिदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई पनि ‘अस्वस्थ’ भएको भन्दै उपचारका लागि काठमाडौंको एक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालबाटै बच्चा चोरिएको र चोरीको पृष्ठभूमि हेर्दा मनोवैज्ञानिक पक्षले बढी काम गरेको मनोचिकित्सकहरूको धारणा छ । मनोचिकित्सक डा. निसिता पाठक ती महिलाको सबैभन्दा पहिला त मानसिक अवस्था जाँच गर्नु जरुरी रहेको बताउँछिन् । ‘हामीकहाँ फोरेन्सिक साइक्याट्रिस्ट छैनन् । तर अनुभवी मनोचिकित्सक छन् । उनीहरूबाट मानसिक अवस्था मूल्यांकन हुनुपर्छ,’ पाठक भन्छिन्, ‘कुरा सुन्दा अरू मानसिक समस्याभन्दा पनि बच्चाको तीव्र चाहना परिवार र समाजको दबाबले हो कि भन्ने देखिन्छ ।’

    बच्चा चोरीको घटनाबारे बाहिरिएका पक्षहरूलाई आधार मान्ने हो भने ती महिलाले योजनाबद्ध रूपमा टार्गेट गरेको देखिएको पाठकको भनाइ छ । ‘केही समयदेखि नै ओपीडी लगायतका स्थानमा निगरानी गरिरहेको र सजिलो टार्गेट गरेको जस्तो देखिन्छ । त्यसैले पनि वास्तविकता थाहा पाउन मनोचिकित्सकीय परामर्श चाहिन्छ,’ उनले भनिन् । बारम्बार गर्भपात भएका कारण मनोसामाजिक दबाबका कारण भएको घटनाका रूपमा पनि यसलाई लिनुपर्ने पाठकको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑