• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार १७:१६
  • १६३३

    वीरगन्ज । वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए । यादवका अनुसार, महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत पहिलोदिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाएर अभियानको सुभारम्भ गरिनेछ। त्यसपछि दोश्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए ।

    यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए ।उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरि दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ । एउटा खोप केन्द्रमा न्युनतम दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारीपनि उनले गराए । अभियानका क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुनसक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, डाक्टर शैलेश ठाकुर लगायत तीन जना चिकित्सकलाई जिम्मेवारीपनि दिइएको उनले बताए ।

    शुक्रबार वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा कुशवाहाले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत फागुन १३ गते वीरगन्जमहानगरसंगै पर्सा जिल्लाभरनै दादुरा–रुबेला खोप अभियान सुरु हुने जानकारी गराए । पहिलो चरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर ३ तथा जिल्लाको पोखररिया नगरपालिका, पर्सागढी नगरपालिका, जीराभवानी,सखुवाप्रसौनी,जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकामा यो खोप अभियान सञ्चालन गरिने उनले बताए।दोश्रो चरणमा भने फागुन २७ गतेदेखि चैत ५ गतेसम्म वीरगन्ज महानगरका बाँकी ३१ वटा वडा, बहुदरमाई नगरपालिका पकाहामैनपु,ठोरी,छिपहरमाई ,विन्दवासिनी,धोबिनी र कालिकामाई गाँउपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जानकारी ठाकुरले गराए ।ठाकुरका अनुसार, दुई चरणको अभियानमा पर्सा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका ३२ वटै वडाका वडाध्यक्ष,महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी, सञ्चारकर्मी लगायतकोपनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑