• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार १०:५५
  • १२१७

    बुटवल । पाँचदिनसम्म सञ्चालन हुने मेलामा २० हजार दर्शकले अवलोकन गर्ने आयोजककाे अपेक्षा बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको हो । यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले उद्घाटन गर्दै कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेको बताए । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिमा राम्रो सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले लाभ लिन नसकेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै कृषिको व्यवसायीकरण एवं आधुनिकिकरणको लागि मेला आयोजना गरिएको जानकारी दिए ।

    कृषि क्षेत्रको चर्चा
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी सचिव डा नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पुर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पोख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए । २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।

    पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्रांगारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्रांगारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ ।कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री वितरणमा भएका उपलब्धीको जानकारी गराईने छ ।

    प्रवेश नि:शुल्क, ८८ स्टल
    नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि ८८ वटा स्टल राखिएको छ । मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्रांगारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता, कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितिक कार्यक्रम प्रस्तुत गरिने छ । त्यसैगरी मेलामा ११ र १२ गते दुई दिन बाली परीक्षण शिविर राखिने छ भने ११ गतेदेखि नै तीन दिन माटो परीक्षण शिविर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । नि:शुल्क प्रवेशको व्यवस्था मिलाईएको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑