बारा । बारामा ८ लाखको अवैध कपडा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा बिहीबार बाराको महागढीमाई नगरपालिका वडा नं.२ ईनर्वा चोक स्थित मुकेश प्रसाद यादवको घरमा भण्डारन गरि राखेको अवैध कपडाहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार अन्दाजी मुल्य ८ लाख बराबरको बिभिन्न किसिमका अवैध कपडाहरू बरामद गरिएको हो । अवैध कपडाहरू बरामद गरी आवश्यक कारवाहीका लागी वीरगंज भन्सार कार्यालय पर्सामा पठाईएको प्रब्क्ता न्यौपानेले बताए ।