• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १६:४०
  • १३२५

    वीरगंज । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुवै थरीका बोरिङको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी आएको महसुस गरेको प्रमुख दाहालको भनाई थियो । ‘पहिलाको सुख्खाग्रस्त ठाउँमा हराभरा भएका छन्,’ उनले भनिन्, ‘एक बाली हुने ठाउँमा ४ बाली हुन थालेको छ । अहिले कृषकहरू खुसी भएको पाएका छु । १२ महिना भरत पुरलाई सिञ्चित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ।’

    भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले जानकारी दिइन् । पश्चिम चितवनका सिँचाइको अभावमा पहिला बाझा रहने खेतहरू अहिले सिँचाइका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरू उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए । सिँचाइको उपभोग गरी वार्षिक ६ लाख रुपैयाँको मकै बिक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए ।

    भरतपुरमा प्राकृतिक रूपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो । भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुँदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए । भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० बिघा क्षेत्रफलमा सिँचाइका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑