• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई महिनामै भत्कन थाल्यो कञ्चनपुर–कमला सडकको कालोपत्रे

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १५:४१
  • १७७३

    वीरगंज । पूर्व–पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्डअन्तर्गत मिर्चैयादेखि पश्चिमतर्फ गरिएको कालोपत्रे भत्किन थालेको छ । कालोपत्रे गरिएको दुई महिना नबित्दै ठाउँ–ठाउँमा सडक भत्किन थालेपछि स्थानीयले निगरानी बढाउनुपर्ने माग गरेका छन् । मिर्चैयादेखि करिब एक किलोमिटर पश्चिम मलहनियाँ चोकमा १० दिनअघि गरिएको कालोपत्रे चर्किएपछि मंगलबार निर्माण कम्पनीले उप्काएर पुनः टालेको स्थानीय जितेन्द्रकुमार साहले बताए ।
    उक्त सडक खण्डको मिर्चैयादेखि पश्चिमतिर सौर्या सिमेन्टअगाडि, मलहनियाँ, प्रयागपुर, मेनहर्वा चोक, बगहालगायतका ठाउँमा गरिएको एकतर्फी कालोपत्रे चर्किन थालेपछि उप्काएर कटिङ गरी पुनः टालटुल गरेका छन् । कर्जन्हा नगरपालिका १० प्रयागपुरका चन्द्रदेव यादवले गुणस्तरहीन काम भएकै कारण कालोपत्रे गरिएको दुई महिना नबित्दै ठाउँ–ठाउँमा चर्किएको बताए । ‘गुणस्तरहीन निर्माणको क्षति स्थानीय जनता र मुलुकले व्यहोर्नुपर्छ’ उनले भने, ‘त्यसैले सरकारको सम्बद्ध निकायले कडाइपूर्वक निगरानी गर्नुपर्छ ।’

    डेढ किलोमिटर खण्डमा कमजोरी रहेको स्वीकार
    एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत गरी कुल आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार लागतमा निर्माण भइरहेको योजनाको पश्चिम खण्ड चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीले निर्माण गरिरहेको छ । सडक विभागअन्तर्गत कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्ड प्राविधिक शाखाका इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार मिर्चैयादेखि पश्चिमतर्फ करिब डेढ किलोमिटर खण्डका ठाउँ–ठाउँमा समस्या देखिएको स्विकारे । स्थलगत अनुगमनको क्रममा केही ठाउँका सडक चर्किएको फुटेको पाइएपछि परामर्शदातामार्फत निर्माण कम्पनीलाई सचेत गराइएको उनले बताए । ‘सप्तरीको कुसहादेखि कमलासम्म कुल ४७ दशमलव चार किलोमिटर खण्डमध्ये २० किलोमिटर खण्ड कालोपत्रे गरिएको छ,’ उनले भने ‘केही ठाउँमा समस्या कालोपत्रेको काम रोकाएर अध्ययन गर्दै छौँ ।’ दक्षिण कोरियाको कुन्हवा इन्जिनियरिङ एन्ड कन्सल्टिङ, बंगलादेशको बिसिएल एसोसिएट्स र नेपालको टोटल म्यानेजमेन्ट सर्भिसेज (टिएमएस) प्रालिको ज्वाइन्ट भेन्चर रहेको परामर्शदाता कम्पनीका कर्मचारीले सडक निर्माणमा भएको कमजोरीको विषयमा बोल्न चाहेनन् । लहान १ मा रहेको परामर्शदाताको कार्यालयका कर्मचारीसँग बुधबार दिउँसो त्यस विषयमा भेटेर कुराकानी गर्ने प्रयास गरिए पनि कसैले भेट्न चाहेनन् ।

    पुनः एक वर्ष म्याद थप
    सप्तरीको कञ्चनपुरदेखि सिराहा–धनुषा जोड्ने कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर कञ्चनपुर कमला सडक चार लेनमा स्तरोन्नति गर्ने योजनाको समय एक वर्ष थप गरिएको छ । २९ अक्टोबर २०२० मा सुरु भई २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि निर्माण सम्पन्न नभएपछि २३ डिसेम्बर २०२४ सम्मका लागि म्याद थप गरिएको जनाइएको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले सप्तरीको कुसहादेखि पूर्व ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार र पश्चिम खण्ड आठ अर्ब ३८ करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो । योजनाअन्तर्गत कञ्चनपुरदेखि कमलासम्म ५४ पुल, आठ अन्डरपास र दुईवटा ओभरपास निर्माण हुनेछ । त्यसमध्ये कुसहादेखि कमलासम्मको पश्चिम खण्डमा एक सय १५ मध्ये एक सय १२ वटा कल्भर्ट निर्माण भइसकेको, साना–ठूला गरी २५ मध्ये १४ वटा पुलको ढलान गरिएको, तर एप्रोच स्ल्याब र रंगरोगन गर्न बाँकी रहेको योजना कार्यालय मिर्चैयाले जनाएको छ । लहान र मिर्चैया गरी दुई ठाउँमा बन्ने ओभरपासमध्ये मिर्चैयाको डिजाइन विभागमा स्वीकृतिका लागि पठाइएको, तर लहानमा माटो परीक्षण गर्दा केही कमजोरी भेटिएपछि डिजाइन परिवर्तन गर्ने गरी अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑