• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औद्योगिक करिडोरमा दैनिक ८ देखि १० घण्टा अघोषित लोडसेडिङ

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १५:१९
  • १७७३

    बारा । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा दैनिक ८ देखि १० घण्टा ‘अघोषित’ रुपमा लोडसडिङ गर्दा उद्योगीहरु मर्कामा परेका छन् । विद्युत प्राधिकरण सिमरा र वीरगञ्ज वितरण केन्द्रले पुस पहिलो सातादेखि बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म विद्युत कटौती गर्दै आएको उद्योगीहरुको भनाइ छ । अघोषित रुपमा विद्युत कटौती हुँदा उत्पादन लागत बढ्ने, कामदारहरुलाई बिना काम तलब, सेवा–सुविधा दिनुपर्ने लगायतका समस्या बढेको उनीहरु बताउँछन् । जेनेरेटर चलाउन नसक्ने साना, तथा घरेलु उद्योगहरु झनै मर्कामा पर्ने गरेको उनीहरुको भनाइ छ ।

    वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले चलिरहेका उद्योगमा एक्कासी विद्युत कटौती हुँदा मेसिनहरु जल्ने, टुटफुट हुने, कच्चा पदार्थ खेर जाने र उत्पादन लागत बढेर त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्ने बताए ।‘अहिले खोलानाला सुकेर पर्याप्त विद्युत उत्पादन छैन तर, भएकै विद्युतलाई सदुपयोग र व्यवस्थापन गरेर बिहान वा बेलुका एक समयमा घोषित रुपमै लोडसेडिङ गरेर ८ घण्टा हामीलाई उद्योग चलाउन देऊ भनेर अनुरोध गर्दा कुनै सुनवाइ भएन,’ उनले भने, ‘उद्योगीको समस्यामा प्राधिकरण गम्भीर देखिएन ।’यसरी गैरजिम्मेवार ढंगले विद्युत कटौती गर्दा अन्ततः यसको सबैभन्दा ठुलो असर अर्थतन्त्रमा पर्ने उनले बताए । ‘उद्योगीले घाटा खाएर व्यापार गर्दैनन्, नाफा पाउनका लागि सामानको मूल्य बढाउँछ,’ उनले भने, ‘जसले गर्दा उपभोक्ता नै सबैभन्दा धेरै मारमा पर्दछन्, यो कुरा प्राधिकरणले बुझ्नुपर्छ ।’बारा–पर्सा औद्योगिक करिडोरमा साना–ठुला गरी ५८५ भन्दा धेरै उद्योग सञ्चालनमा छन्, जसमा सिमेन्ट तथा फलामजन्य, औषधिजन्य, खाद्य उद्योग अधिक छन् ।

    अघोषित रुपमा ८ देखि १२ घण्टासम्म विद्युत कटौती हुँदा जेनेरेटर चलाउन नसक्ने अधिकांश साना तथा घरेलु उद्योग बन्द नै भइसकेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । नेपाल सेरामिक्स प्रा.लि.का अध्यक्ष शम्भुनाथ झाले बिना जानकारी विद्युत कटौती गर्दा जेनेरेटर नभएका उद्योगको लाखौँ मूल्यको कच्चा पदार्थ खेर जाने बताउँछन् ।‘विद्युतबाट प्रति युनिट १० रुपैयाँमा हुने काम डिजेलबाट जेनेरेटर चलाउँदा प्रति युनिट ६५ रुपैयाँ खर्च हुन्छ, विगतमा ३० दिन विद्युत प्रयोग गर्दा मासिक ५० लाख मूल्य बराबरको विद्युत खपत हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले ४० लाखको विद्युत बिल पनि आउँछ, १ करोडको डिजेल पनि खर्च हुन्छ । अब हाम्रो ५० लाख खर्च हुने ठाउँमा १ करोड ४० लाख खर्च भएपछि हामी उद्योग चलाउने कि बन्द गर्ने भन्ने अवस्थामा पुगिसक्यौँ ।’ विद्युत कटौती भएको विषयमा उद्योगमन्त्री रमेश रिजाल, उद्योग वाणिज्य संघ लगायत विभिन्न निकायलाई लिखित रुपमै जानकारी गराए पनि समाधान नभएको उद्योगीहरुको गुनासो छ ।

    सेरामिक्स कम्पनीका अध्यक्ष झाले भने, ‘दुई पैसा कमाउन हामीले उद्योग चलाउने हो । यसरी लागत ह्वात्तै बढेपछि कति दिन चलाउने ? अब बन्द गरेर बस्नुपर्ने अवस्थामा आइसक्यो ।’सो उद्योगले माघ २५ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई पत्र पठाएर अघोषित लोडसेडिङका कारण उत्पादन लागत धेरै बढेको र सबै मेसिन एकैसाथ चलाउन नपाउँदा कारखाना नै बन्द गनुपर्ने स्थिति आएको भन्दै सहजीकरण गरिदिन अनुरोध गरेको थियो । नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले उद्योगीहरुबाट आएको गुनासोको विषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । ‘अघोषित होइन, निश्चित समयका लागि घोषित रुपमै लोडसेडिङ गरौँ भनेर मन्त्री, सचिव, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पनि भेटेर हामीले पहल गरिरहेका छौँ,’ अध्यक्ष शर्माले भने, ‘उद्योगमा उत्पादन लागत बढ्दा त्यसको असर सर्वसाधारणलाई पर्छ । यो कुरा सरकारले समयमै बुझ्नुपर्छ ।’

    यता, विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर रुपेश रुपाखेतीले खोलानाला सुकेको कारण औद्योगिक करिडोरमा आवश्यक विद्युत भारतबाट किनेर उद्योगहरुलाई बिक्री गरिरहेको बताए । ‘विद्युतको लागि हाम्रो अहिले २ वटा स्रोत छन् । एउटा स्रोत भनेको रक्सौलबाट, अर्को पूर्व–पश्चिम प्रसारण लाइनको ढल्केवरबाट, ढल्केवरबाट हेटौंडासम्मको ४ सय केभी लाइन विभिन्न ठाउँमा समस्या भएकाले चाहिने जति पावर हामीले ढल्केवरबाट ल्याउन सकेका छैनौँ,’ प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख रुपाखेतीले भने । ढल्केवरबाट लाइन ल्याउन नसकेको अवस्थामा पिक आवरमा पावर अपुग भएकाले लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सोही कारण बिहान–बेलुका लोडसेडिङ गर्नुपरेको उनले बताए । प्राधिरकणको अहिलेको प्रसारण लाइनबाट २ सय केभीभन्दा धेरै बिजुली किन्न पनि नमिल्ने र बेच्न पनि नसकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ । ढल्केवर–हेटौंडा ४ सय केभी प्रसारण लाइन नबन्दासम्म सुक्खायाममा उद्योगहरुले बर्सेनि यो समस्या भोग्नुपर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले वैशाखदेखि असोजसम्म भारतलाई विद्युत बिक्री गर्दछ भने कात्र्तिकदेखि चैतसम्म भारतबाट बिजुली किन्ने गर्दछ । चालु आर्थिक वर्षमा प्राधिकरणले १६ अर्बको बिजुली भारतलाई बिक्री गरेको सिमरा वितरण केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑