• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी चालकको आँखा परीक्षण

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०८०, बिहीबार १५:३४
  • १८२५

    वीरगंज । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । ट्राफिक सप्ताह-२०८० अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् स्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले एकसय चारजना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चलाउने चालक–सहचालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा ३० प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक मिलन खत्रीले जानकारी दिनुभयो । उहाँले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधी समेत वितरण गरिएको बताउनुभयो । शिविरमा जाँच गरिएको मध्य सात जनालाई आँखाको थप उपचारको लागि आँखा अस्पतालमै जान भनिएको छ ।

    स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवोदित सिलवालका अनुसार ९० प्रतिशत चालक र सह-चालकले सुर्ति र गुड्खाजन्य पदार्थ प्रयोग गर्ने गरेको समस्या पाइएको बताउनुभयो । शिविरमा चालक-सह चालकको स्वास्थ्य परीक्षणका क्रममा उहाँहरुले स्वास्थ्यप्रति ध्यान नदिएको भेटिएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाका लागि आँखा परीक्षण गरिएको बताउनुभयो । ‘‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सप्ताह अन्र्तगत जनचेतना जगाउने उद्देश्यले हामीले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेका हौँ,’’ उहाँले भन्नुभयो । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको विश्वास छ ।

    ट्राफिक सप्ताह अन्तर्गत दुर्घटना न्यूनीकरणका लागि दुई पटक गरी १२७ सवारी साधनको यान्त्रिक अवस्था पनि जाँच गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सवारी शाखा र अटोमोबाईल एशोसियसन मकवानपुरको संयुक्त टोलीले सवारीको यान्त्रिक परीक्षण गरेको हो । परीक्षणका क्रममा ब्रेक, नियमित सर्भिस नगराउने लगायतका समस्या भेटिएको थियो । ट्राफिक सप्ताहमा आयोजना गरिएको विविध कार्यक्रम मार्फत ६६ हजार लाभान्वित भएको प्रहरीको दावी छ ।

    चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ११० सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ५० जना गम्भीर र १८२ जना सामान्य घाइते हुनुभएको छ । ट्रक, ट्रिपर, बस, जिप-कार, मोटरसाईकल, ट्याक्सी, टेम्पो र अन्य सवारी गरी सो अवधिमा १४४ सवारी साधन दुर्घटनामा संलग्न थिए । ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा २५२ सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको थियो भने २०५ जना गम्भीर र ४०६ जना सामान्य घाइते भएका थिए । त्यस्तै आव २०७८-७९ मा ३१७ सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो भने १८० जना गम्भीर र ५८४ जना सामान्य घाइते भएका थिए । त्यस्तै आव २०७७-७८ मा २५७ सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो भने १७० जना गम्भीर र ३५३ जना सामान्य घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क छ । विगतका तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑