• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साठी लाख गरिबीको रेखामुनि

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार १३:४०
  • १५०१

    वीरगंज । नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०६६/६७ को २५.२ प्रतिशतबाट २०.२७ प्रतिशतमा झरेको देखाएको हो ।
    सर्वेक्षणले प्रतिव्यक्ति वार्षिक ७२ हजार ९०८ रुपियाँ खर्च गर्न नसक्ने व्यक्तिलाई गरिब मानेको छ । त्यस्तै सहरमा वार्षिक दुई लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने गरिबीको रेखामुनि परेका छन् । तथापि दुई सर्वेक्षणका मापक भने फरक रहेका छन् । सर्वेक्षणमा गरिबीको रेखा अद्यावधिक गरिएका कारण अघिल्ला सर्वेक्षणसँग प्रत्यक्ष रूपमा तुलना गर्न नसकिने कार्यालयले जनाएको छ । चौथो सर्वेक्षण अनुसार गरिबीको दर सहरी क्षेत्रमा (१८.३४) मा भन्दा ग्रामीण क्षेत्रमा (२४.६६) बढी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम रायाले यो अवधिमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १५ प्रतिशतमा झर्ने अनुमान गरिए पनि सो अनुपातमा घट्न नसकेको जानकारी दिनुभयो । भूकम्प र कोरानाका कारण अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उहाँको भनाइ छ । कठिन अवस्थामा पनि गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको प्रतिशतमा सामान्य कमी आउनु सकारात्मक रहेको उहाँको भनाइ छ ।

    गण्डकीमा सबैभन्दा कम गरिब

    नयाँ संविधान जारी भएर मुलुक सङ्घीय संरचनामा गएपछिको यो पहिलो सर्वेक्षण हो । जस अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम र सुदूरपश्चिम प्रदेशमा धेरै गरिब छन् । गण्डकी प्रदेशमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको प्रतिशत ११.८८ सुदूरपश्चिमा ३४.१६ छ । यस्तै यो दर बागमती प्रदेशमा १२.५९, कोशीमा १७.१९, लुम्बिनीमा २४.३५, कर्णालीमा २६.४९ र मधेशमा २२.५३ प्रतिशत छ । काठमाडौँमा सात प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् । नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार छ, जस अनुसार २०.२७ भनेको करिब ६० लाख जनसङ्ख्या हुन आउँछ ।
    कार्यालयका उपप्रमुख तथा तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले १२ वर्षअघिको तथ्याङ्कमा नयाँ सीमा तोकेर नयाँ तथ्याङ्क सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गरिबीको रेखा निर्धारण गर्दा उपभोग्य वस्तुमा हुने खर्चका आधारमा गरिबीको रेखा निर्धारण गरिएको हो । अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झथ्र्याे, मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको उहाँको भनाइ छ ।

    गैरखाद्य उपभोगको हिस्सा बढी

    तेस्रोदेखि चौथौ सर्वेक्षणसम्मको अवधिमा जम्मा उपभोग खर्चमा गरैखाद्य खर्चको अंश ३८ प्रतिशतबाट वृद्धि भई हाल ४७ प्रतिशतमा पुगेको छ ।
    उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा समायोजन गरिएको प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्च ६६ प्रतिशतले वृद्धि भएको छ । आव २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९०२ रुपियाँ रहेकोमा हाल एक लाख २६ हजार १७२ रुपियाँ पुगेको छ । सर्वेक्षणबाट प्राप्त जनसाङ्ख्यिक विवरण अनुसार प्रतिव्यक्ति प्रतिवर्ष दुई हजार २३६ किलो क्यालोरी आवश्यक पर्ने देखिएको छ । घरपरिवारको उपभोग प्रवृत्तिमा व्यापक परिवर्तन आएकाले तेस्रो सर्वेक्षण २०६६/६७ मा भएका ४० वटा खाद्यवस्तु र घरपरिवारमा उपभोग गरिएको खाद्यवस्तुमध्ये क्यालोरीमा मापन गर्न सकिने ३७ वटा थप गरी ७७ वटा खाद्य वस्तु समावेश गरिएको छ । गरिबीको वर्तमान अवस्था जानकारी पाउने उद्देश्यसाथ सो सर्र्र्वेक्षण गरिएको थियो । २०७९ असार १ गतेदेखि २०८० जेठसम्म गरिएको अध्ययनका लागि सातै प्रदेशका नौ हजार छ सय घरपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑