राजन कुमार बानिया l गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर-घरमा पुगेर वडाका १७ सय ८५ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा गरिएको हो ।
‘स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ धोबिनी गाउँपालिका कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रम भएको थियोे । पुर्ण खोप घोषणा कार्यक्रम मा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पर्सा को सभापती निरंजन साह सोनार को प्रमुख्य अतिथ्य मा भएको को पुर्ण खोप घोष्णा कार्यक्रम गाउँपालिका का अध्यक्ष मदन प्रसाद चौहान ले पूर्ण खोप युक्त वडा घोषणा गरेका थिए । चौहानले घोषणा पत्र पढेर पूर्ण रुपमा खोप युक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए ।
पुर्ण खोप कार्यक्रम गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्ष्ातामा भएको कार्यक्रम मा अध्यक्ष चौहान ले गाउँपालिका पुर्ण खोप घोषणा गर्दै भने स्वास्थ्यकर्मीहरुले गरेको कामलाई सराहनिय रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो परिवारको सदस्यलाई समेत त्यागेर आम जनताको सेवामा दिन रात खटेर सबैको मन जितेको बताए ।
‘स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशीलताका कारण आज हाम्रो गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा भएको छ।
अध्यक्ष चौहानले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत यसका पूर्वाधार विकासको लागि खर्च भइरहेको बताएका थिए ।
अध्यक्ष चौहानले उच्च शिक्षाको लागि समेत गाउँमा गुणस्तरीय आधुनिक प्रविधियुक्त समेत’अब उच्च शिक्षाको लागि शहर गएर पढ्ने अन्त हुने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा पाँच वर्ष मुनिका बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा बच्चा जन्मिन बितिकै चिकित्सकको सल्लहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।
अधिकृत साहले महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुको प्रशंसा दिदै गाउँपालिकालाई पूर्ण खोप घोषणा भएको बताए ।कार्यक्रममा उपाध्यक्ष मन्जु देवी कुर्मी, जिल्ला स्वास्थ्य पर्साका प्रमुख मुक्तिनारायण साह,खोप सुपर्वाजर प्रमुख जयमोद ठाकुर युनिसेफ का रानराज राणा,वडा अध्यक्ष अबास मियाँ , मनाउर अहमद, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेली ,देबेन्द्र पटेल, कार्यपालिका सदस्य,गाउँपालिका सदस्य , स्वस्थ्य शाखा प्रमुख संजय यादव ,स्वास्थ्य शाखा सह संयोजक श्रीराम यादव, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी,योजना शाखा प्रमुख पपु पटेल जिन्सी प्रमुख प्रदिप पटेल, इन्जिनियर रविभुसन पटेल,लेखापाल धन्जय दास, कर्मचारी,सुरक्षाकर्मी ,पत्रकार,
लगाएतको सहभागिता रहेको थियो । पुर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसाला ओढाई र प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो। कार्यक्रम मा बिधालय का बिधार्थी हरु ले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रम संचालन अशोक कुमार पटेलले गर्नु भएको थियो।