वीरगंज | सरस्वति पूजा मनाउनको लागि महोत्तरीको मनरासिस्वा नगरपालिकाले कार्यक्षेत्र निर्धारण गरेको छ । सरस्वति पूजाको नाममा विकृति फैलिन थालेपछि मनरासिस्वा नगरपालिकाले विभिन्न विद्यालयका शिक्षकहरुलाई समेत पोशाकमै उपस्थित हुन निर्देशन दिएको छ।
विद्यार्थीहरुलाई पोशाकमै सरस्वति पूजा अनिवार्य गर्नुको साथै शिक्षक शिक्षिकाहलाई समेत पोशाकमै विद्यालयमा उपस्थित भई सरस्वति पूजा मनाउन निर्देशन दिएको हो ।
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।