• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नक्कली भिजिट भिसा प्रकरण : अध्यागमनका ८ अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

  • वीरगंज संजाल
  • २७ माघ २०८०, शनिबार २२:४८
  • १२४१

    वीरगंज | फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृतविरुद्ध अदालतले फक्राउ पुर्जी जारी गरेको छ।
    जिल्ला अदालत काठमाडौंका अनुसार पक्राउ पुर्जी जारी गरिएका अधिकृत कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल भनिने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो रहेका छन्। यसअघि अदालतले उनीहरूविरुद्ध पक्राउ अनुमति दिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न अध्यागमनका अधिकृतसहित १२ विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बताए।

    उनले भने, ‘लिखत किर्ते तथा संगठित कसुरमा अध्यागमनका अधिकृतसहित १२ प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यसअघि उनीहरूविरुद्ध अदालतले पक्राउ अनुमति दिएको थियो। उनीहरू बयानका लागि अदालतमा आएनन्। त्यसो हुँदा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।’घटनामा दुई घुससहित रंगेहात पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्काको बयानका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीहरू अध्यागमनमा रहँदा भिजिट भिसा सहजीकरण समितिमा रहेका थिए। नरवीरले भिजिट भिसाका एजेन्टबाट रकम असुल्थे। समितिमा सहजीकरण पठाउँथे। समितिले अध्यामगनका प्रत्येक कर्मचारीलाई दामासाहीमा उक्त रकम बाँड्थे।

    यो तथ्यलाई नरवीरले बयानमा स्वीकार गरेका छन्। तर, प्रहरीले सेटिङ गरेबापतको रकम लिने अध्यागमनका बाँकी कर्मचारीविरुद्ध भने अनुसन्धान नै गरेन।
    अदालतले उनीहरूसँगै घटनामा संलग्न कौशिला मगर, लक्ष्मी राई, गीता दमाईं, आशिष भनिने केदारबहादुर खड्काविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
    गत १८ माघमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको थियो। घटनामा पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्का, मनोज तामाङ, अरुण दाहाल र सरोजकुमार यादवलाई जेल चलान गर्ने आदेश गरेको थियो। बाँकी ६ प्रतिवादीविरुद्ध भने धरौटी रकम माग गरिएको थियो।

    अदालतका अनुसार पक्राउ परेकामध्ये गीता शाहलाई ५ लाख, रामप्रसाद भण्डारी र दिनेश ज्ञवालीलाई जनही ७-७ लाख, विनोद कार्कीलाई २ लाख, रवीन्द्र अर्याल भनिने रविन अर्याल र पदम लामालाई १-१ लाख रुपैयाँ धरौटी रकम माग भएको छ।
    घटनामा २२ प्रतिवादीविरुद्ध लिखत किर्ते तथा संगठित अपराध कसुर लगाइएको थियो। जसमध्ये १० जना पक्राउ भएका थिए। बाँकी फरार छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑