वीरगंज । मधेश प्रदेशको रौतहटस्थित एक अस्पताल बिना लाईसेन्सको सँचालनमा रहेको पाईएको छ । अस्थायी लाईसेन्स एक्सपायर (अवधी समाप्त) भएपनि नििरन्तर विगत ७ बर्षदेखि गैर कानुनी रुपमै सँचालनमा रहेको आनन्द पोलिक्लीनिकमा नक्कली डाक्टरले चेकजाँच गरिरहेको छ ।
मानिसको अति संवेदनशिल मानिएको स्वास्थ्यसँग दिनहुँ खेलवाड गर्ने आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर प्रा.लि. विगत ७ बर्षदेखि नै गैर कानुनी रुपमा सँचालनमा रहेको छ ।
वि.सं. २०७८ सालमा लिएको अस्थायी लाईसेन्समा १५ बेड सँचालन र ६ महिनाका अस्थायी अवधी तोकिएपनि अहिलेसम्म सोही म्याद सकिएको लाईसेन्समा सयौँ बेडको अस्पताल सँचालन गरी सरकारको लाखौँ रुपैयाँ कर छली गर्दै आएको पाईएको छ ।
१५ बेड सँचालनको लागि स्थानीय तह तथा त्योभन्दा अधिक बेड सँचालनको लागि प्रदेशबाट अनुमति लिनुपर्ने प्रावधान रहेपनि सरकारको कर छली गर्दै आएको हो । योग्यता नै नपुगेको डाक्टरको नाममा लाईसेन्स लिएर अस्पताल सँचालन गर्दै आएको हो ।