वीरगंज । ठगी गरेको आरोपमा पक्राउ परेका सिरहाको चन्द्र माध्यमिक विद्यालयका प्राचार्य प्रधानाध्यापक मधुसुदन लाल कर्ण झण्डै १७ लाख रुपैयाँ तिरेर रिहा भएका छन् ।
नेपाल आइरन स्टोर्स एण्ड जेनेरल सप्लायर्सबाट समान खरिद गरेर रकम नदिएपछि कर्णमाथि ठगी मुद्दा दायर भएको थियो । सोही आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई पक्राउ गरेको थियो ।
गत माघ २२ गते प्रहरीले उनलाई विद्यालयबाटै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । उनले आयरन स्टोर्सबाट लाखौँको समान किनेर रकम भुक्तानी नदिएको आरोप छ ।
पक्राउ परेपछि हिरासत छल्न विरामीको बहाना बनाएका कर्णले स्टोर्सलाई १७ लाख ४ हजार ५८१ रुपैयाँ भुक्तानी गरेको हो । जानकारी अनुसार, सो रकम विद्यालयकै खाताबाट भुक्तानी गरेको पाईएको छ ।