• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा सामुदायिक वनको जग्गा अतिक्रमण गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता बारामा सामुदायिक वनको जग्गा अतिक्रमण गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता

  • वीरगंज संजाल
  • २५ माघ २०८०, बिहीबार १०:१८
  • १२९३

    बारा । वनदेवी सामुदायिक वनको जग्गा अतिक्रमण गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित ३५ जनाविरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको छ ।
    निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेतको संलग्नतामा वनको २० हेक्टर वनको जग्गा अतिक्रमण भएको आरोपमा २०७३ साल असार २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । आयोगमा उजुरी परेको ४ वर्षपछि २०७७ साल असार ११ गते अख्तियारले र २०७९ साल पुस २१ गते राष्ट्रिय सतर्कता केन्द्रले डिभिजन वन कार्यालय बारालाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।

    सोही क्रममा गत पुस २८ गते डिभिजन वन कार्यालयले वनदेवी सामुदायिक वनका बहालवाला अध्यक्ष थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धानका क्रममा अध्यक्ष थापाले झन्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरी गुम्बा, मन्दिर, विद्यालयजस्ता सङ्घ–संस्थालाई वितरण गरेको, एक बिगाहा एक कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बेचबिखन समेत गरेको खुलेको हो ।
    आज बारा जिल्ला अदालतले अध्यक्ष थापासहित निवर्तमान वडाध्यक्ष तथा लोकप्रिय प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव ढोडारी, निजगढ २ बस्ने झलकबहादुर राई, मन्दिर निर्माण समितिका अध्यक्ष राधाकृष्ण पुडासैनी, नेत्रबहादुर पाख्रिन, टासी छोइलिङ्ग गुम्बाका अध्यक्ष गणेशबहादुर लोप्चन, नोभान भोलान, ओमसाङ्ग लामा, कृष्ण प्रणामी मन्दिर निजगढ ३ का अध्यक्ष रघुनाथ बझगाई लगायत ३५ जना रहेका छन् ।
    अतिक्रमण भएको वनको जग्गा भागबन्डा लगाएर ९ वटा सङ्घ–संस्थाले ठेक्कामा केराखेती गरेर सो बापत भएको लाखौँको आम्दानी समेत हिनामिना गरेको आरोप छ ।

    सामुदायिक र राष्ट्रिय वनको जग्गामा टासी छ्योलिङ्ग गुम्बाले २ बिगाहा, शिव मन्दिरले १४ कट्ठा, नेपाल राष्ट्रिय उमाविले ७ बिगाहा, कृष्ण प्रणामी मन्दिरले २४ कट्टा, सरस्वती निमावि ले ३ बिगाहा, नेपाल राष्ट्रिय प्राविले साढे २ बिगाहा, लोकप्रिय प्रावि ले ५ बिगाहा, बौद्ध गुम्बाले ३ बिगाहामा केरा खेती गर्न ठेक्का दिएका छन् भने डेढ बिगाहामा सार्वजनिक पोखरी समेत रहेको छ ।
    सो वनको जग्गामा हाल ११ घरधुरीले करिब १२ कट्ठा जग्गा भोग चलन गर्दै आएका छन् । साथै लोकप्रिय आधारभूत विद्यालयको नाममा राखेर अध्यक्ष सिद्धबहादुर थापाले विभिन्न व्यक्तिहरूलाई किनबेच समेत गरेको भेटिएको वन कार्यालयले जनाएको छ ।
    जग्गा अतिक्रमणमा संलग्न ५२ जनाविरुद्ध आज डिभिजन वन कार्यालयले जिल्ला अदालत बारामा मुद्दा पेश गरेकोमा २ जनाको मृत्यु भइसकेको र केहीको हकमा अभियोग पुष्टि हुने प्रमाण नदेखिएपछि अध्यक्ष थापा समेत ३५ जनाविरुद्ध अदालतले मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन कार्यालयको इतिहासमा एकैपटक ३५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको यो पहिलो घटना भएको बताएका छन् । ‘वन कार्यालयका लागि यो ऐतिहासिक सफलता हो’ डिभिजन वन अधिकृत सिंहले भने । सो मुद्दामा जिल्ला अदालत बारामा भोलिदेखि थुनछेक बहस हुने वन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑