वीरगंज | नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन बिरगंज ) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सको आयोजना हुने भएको छ । यहि फाल्गुन १२ गते बिरगंजमा प्रथम श्री जगन्नाथ रथ यात्राको आयोजना हुने भएको छ । कृष्ण भावनामृत संघ (इश्कोन बिरगंज) ले आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार समेलनको आयोजना गर्दै उक्त जानकारी गराएको छ ।
पत्रकार समेलनमा जानकारी गराउदै इस्कोन बिरगंज पर्साका संस्थापकचार्य श्री श्रीमद ए.सि.भक्तिवेदान्त स्वामी प्रभुपादले रथयात्रा काठमाडौ,विराटनगरमा निकालीदै आएको र अब बिरगंजमा पहिलो पल्ट निकाल्न लागिएकोले यसलाइ सफल बनाउन सम्पुर्ण पर्सा जिल्ला लगायत अन्य जिल्ला समेत लाई रथ यात्रामा सारिक भएर सफल बनाउन अनुरोध गरे ।
भारतको उडिसा राज्यको जगन्नाथ पुरीबाट यसको शूरुवात भए र यहाँ हरेक वर्ष डिसेम्वर महिनामा रथयात्रा हुने गरेको छ । तर उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेको र बिरगंजमा पनि यो प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी गराएका छन । रथ रथ यात्रा फाल्गुन १२ गते बिहान ११ बजे घन्टाघर बाट निकालिने रथ यात्रा मेनरोड हुँदै अलखियामठ, पुजन होटल, कैलाश होटेल मार्ग, बिरगंज महानगरपालिका कार्यलय हुँदै ठाकुर राम क्याम्पस भएर पुरानो बसपार्क मा समापन हुने कार्यक्रम रहेको छ ।