• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाजा अस्पतालबाट आठ हजार विस्थापितलाई निकालियो

  • वीरगंज संजाल
  • २४ माघ २०८०, बुधबार ११:३२
  • १६३३

    गाजाको प्रमुख दक्षिणी सहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट करिब आठ हजार विस्थापितलाई निकालिएको रेडक्रसले मङ्गलबार बताएको छ।
    इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासो डेला लोङ्गाले पत्रकारहरूसँग भने, ‘गाजापट्टीमा मानवीय स्थिति भयावह छ।’ उनले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताए।

    ‘खान युनिसमा हाम्रो प्यालेस्टिनी रेड क्रिसेन्ट अस्पतालमा शरण खोज्ने आठ हजार आन्तरिकरूपमा विस्थापित मानिसले हिजो अस्पताल छाडेका छन्’, उनले भने। उनका अनुसार अल–अमल अस्पताल दुई साताभन्दा लामो समयदेखि व्यापक गोलीबारी र लडाइँले घेरिएको थियो। अस्पतालमा धेरै पटक आक्रमण गरिएको भन्दै उनले शुक्रबार भएको आक्रमणमा पिआरसिएसका एक स्वयंसेवक मारिएको जानकारी दिए।
    करिब एक सय कर्मचारी र स्वयंसेवकसँग करिब एक सय वृद्ध, घाइते र अशक्त बिरामी त्यहाँ रहेको आइसिआरसीले बताएको छ। डेला लोङ्गाले निष्कासनअघि अल–अमल अस्पतालले औषधि, खाना र पानीको चरम अभावलगायत धेरै चुनौतीको सामना गर्नुपरेको बताए। ‘स्टक पुनः भर्न करिब असम्भव थियो’, उनले भने। ‘एसोसिएसनको अल–अमल अस्पताल वरपर लगातार हिंसात्मक बमबारी र गोलीबारी जारी छ’, पिआरसिएसले मङ्गलबार भनेको छ।

    गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको नासिर अस्पतालमा पनि अवस्था चिन्ताजनक छ। मन्त्रालयका प्रवक्ता असरफ अल–कुद्राले भने, ‘इजराइली कब्जाले नासिर मेडिकल कम्प्लेक्समा आफ्नो घेराबन्दी बलियो बनाइरहेको छ र यसको परिधिलाई तीव्ररूपमा लक्षित गरिरहेको छ।’उनले कम्प्लेक्समा चार सय ५० घाइते, तीन सय चिकित्सा कर्मचारी र १० हजार विस्थापितले एनेस्थिटिक्स र औषधिको ‘चरम अभाव’ को सामना गरिरहेको बताए। ‘इन्धनको कमीका कारण नासिर मेडिकल कम्प्लेक्समा जेनेरेटर चार दिनभित्र बन्द हुनेछन्’, उनले भने। उनले इजराइली सेनामाथि एम्बुलेन्सको आवागमन रोकेको आरोप लगाए। चार महिनाअघि युद्ध सुरु भएपछि गाजामाथि इजराइली आक्रमणका क्राममा अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरूमा बारम्बार आक्रमण गरिएको छ। इजराइली सेनाले हमासमाथि चिकित्सा सुविधाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको आरोप लगाएको छ। हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑