प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।
कुनैपनि सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्त्वपूर्ण मानिन्छ।
भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ। आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरुप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।
जानौं ‘भ्यालेन्टाइन डे’ सप्ताहको ७ दिनबारेः
फेब्रुअरी ७: रोज डे
फेब्रुअरी ८: प्रपोज डे
फेब्रुअरी ९: चकलेट डे
फेब्रुअरी १०: टेडी डे
फेब्रुअरी ११: प्रमिस डे
फेब्रुअरी १२: हग डे
फेब्रुअरी १३: किस डे
फेब्रुअरी १४: भ्यालेन्टाइन डे