जनपकुरधाम । सरस्वति पूजाको नाममा छाडापन र विकृति बढेको भन्दै प्याबसन र एनप्याबसनले विद्यार्थीहरुलाई विद्यालयकै पोशाकमा उपस्थिति गराउन निर्देशन दिएको छ । जनकपुरधामसहित प्याबसन एनप्यासनभित्र रहेका सदस्य विद्यालयहरुलाई सरस्वति पूजाको दिन आफ्नै विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने भनेर निर्देशन दिएको हो ।
पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे (प्रेम दिवस) सोही दिन परेपछि हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि प्याबसन एनप्याबसनले सो नियम लागू गर्न आदेश दिएको हो ।
धनुषामा विभिन्न स्कूल, कलेजका विद्यार्थीहरुलाई सरस्वति पूजाको दिन आफ्नै स्कूल वा कलेजको ड्रेसमा मात्र विद्यालय परिसर पूजा क्षेत्रभित्र प्रवेश गर्न दिने भएको छ ।