वीरगन्ज | वीरगन्ज महानगरपालिकाले धार्मिकस्थल र शिक्षण संस्थाका भवनमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा राेक लगाउने भएकाे छ। आइतबार बसेकाे महानगरपालिकाे बजार व्यवस्थापन तथा अनुगमन समितिकाे बैठकले महानगरमा रहेका मठमन्दिर,मस्जिद,विद्यालय र क्याम्पसकाे भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थकाे बिक्रीवितरणमा राेक लगाउने निर्णय गरेकाे हाे ।
महानगरका उपमेयरसमेत रहेका समितिका संयाेजक इम्तियाज आलमकाे अध्यक्षतामा बसेकाे बैठकले धार्मिकस्थल र शिक्षण संस्थाका भवन र जग्गामा मदिरा र सुर्तिजन्य पदार्थहरुकाे बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको बैठकमा सहभागी हाेटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले जानकारी दिए।
बैठकमा स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयको वरिपरि पाँच सउ मिटरसम्मकाे क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने बिषयमा गहन छलफल भएपनि हाललाइ विद्यालय,क्याम्पस तथा मठमन्दिर, मस्जिद जस्ता धार्मिकस्थलका भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरण र कारोबारमा रोक लगाउने निर्णय गरिएको पन्तले जानकारी दिए ।
बैठकले महानगरमा रहेका सहकारीहरुको अनुगमन अझ प्रभावकारी बनाउने ,अनुगमनको क्रममा दिइएको निर्देशन पालन भए नभएको बारे बुझ्ने , निष्क्रिय सहकारीहरुलाई खारेजिको प्रक्रियामा लाने र विद्यालयहरुको पनि अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरअंक्षक पुष्कर बाेगटीमुख, उपभोक्ता मन्चका अजित भुजेल लगायतकोपनि सहभागीता थियो ।