पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका का कर्मचारी ले स्थानिय राजनितिकर्मी हरु बाट सम्मानित भएको छन।गाउँपालिका कार्यालय मा राम्रो काम गरेको गाउँपालिका का प्रमुख प्रसाशकिय अधिकृत उदय शंकर चौधरी समेत अाधा दर्जन भन्दा बढि कर्मचारी हरु लाई एक कार्यक्रम का बिच फुलमाला लगाई गमछा अोढाएर सम्मानित गर्नु भएका छन। नयाँ प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरी ले अाएको दुई महिना मा राम्रो राम्रो काम गरेको पहिलो काम श्रीराम चरित्र माध्यमिक बिधालय को गोप्य ठेन्डर रद गरि खुला टेन्डर गरिए को र गाउँपालिका मा गोप्य रुपमा राखिएको ४१ जना कर्मचारी हरु लाई हटाएको।
शिक्षक न्युक्ति मा बढि अंक ल्याउने लाई शिक्षक भर्ना गरिएको।गाउँपालिका को विशेष सभा बाट संशोधन गरि एक वर्ष बाट बंचित रहेका जनप्रतिनिधि हरु को सेवा सुबिधा निकासा गरिएको छ।गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्था हरु मा खुला भर्ना गरि राम्रो अंक लयाउने लाई भर्ना गरिएको छ।
गाउँपालिका को अधुरो काम लाई पुर्नता दिएको र जनप्रतिनिधि हरु को चल्दै अाएको बिबाद लाई सहमती मा ल्याएको छ।सामाजिक सुरक्षा भाता समय मा उपलब्ध गराउनु भएको छ।उत्कृष्ट बिधार्थी हरु लाई लेपटप बितरण गर्ने जस्ता काम र गाउँपालिका मा काम गर्ने बिभिन फाँट का कमर्चारी ले राम्र काम गरेको ले स्थानिय राजनितीकर्मी हरु ले सम्मानित गरेका छन। सम्मानित हुने हरु मा योजना शाखा प्रमुख सुधांशु शेखर प्रसाद महतो, संतोष सर्राफ,शिक्षा प्रमुख दामोदर दुबेदी,प्रसाशन प्रमुख हरिमोहन महतो,स्वास्थ्य प्रमुख सदाम हुसेन, लेखापाल निरंजन पटेल लगायत लाई सम्मानित गरिएको स्थानिय युवा सुनिल कुमार कुशवाहा ले जनाए का छन। सम्मानित कार्यक्रम मा सहभागी स्थानिय राजनिककर्मी नन्दकिसोर पटेल,जानमहम्द मियाँ ,सुरेश यादव,फरिन्द्र चौहान,लिनेश साह कानु,राजु सोनार रहेको छ।