इराकले जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ। इराकले जनवरीमा १०३.५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो। जसले ८.०२५ बिलियन अमेरिकी डलर राजश्व जम्मा गरेको छ। जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७.५३ डलर थियो।
मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बताएको छ। मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको थियो भने यस महिनामा ४ लाख ६४ हजार ३०६ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको थियो।
इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा धेरै निर्भर छ। जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।