श्री द्वार देवी माध्यमिक विद्यालयमा १२ कक्षाका विद्यार्थीहरूलाई पढाई कम र बिद्यार्थी बाट सहयोग काे रूपमा लिएर शिक्षक लाई दिने पैसामा भ्रष्टचार भएको एक घटनाले उजागर गरेको छ।
बितेका २ महिना पहिला देखि विभिन्न समस्यामा कक्षा १२ का बिद्यार्थी हरुले स्कूल व्यवस्थापन, सरसफाइ, बस्ने ब्रेञ्च, पढाइने बोर्ड, मार्कर, शिक्षक ब्यवस्था मिलाउन लगायतको विषयमा आवज उठाउँदै आएका छन।
बुधबार को दिन कक्षा १२ का विद्यार्थीहरुले आफ्नो कक्षाकोठा मा ताला लगाई शान्ति पूर्ण आन्दोलन गरेका थिए। विद्यार्थीको भनाइ अनुसार हामी ११ कक्षा देखि १२ कक्षामा पढ्दै आएका छौ हामी प्रतेक महिनाको ५०० को दरले रकम बुझाउँदै आएका थिए। हामीलाई रकम बुझाएको कुनै किसिमको रसीद प्राप्त भएको छैन।
अहिले श्री द्वार देवी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को लागि एउटा पनि शिक्षक नरहेको प्रधानध्यापक ले जानकारी गराएका छन। प्रधानध्यापक ले आफ्नो तरिकाले अन्य स्कूल बाट शिक्षक लाई बोलाएर कक्षा सञ्चालन गराउँदै आएका छन। आफ्नो विद्यालय बाट २ जना शिक्षक र बाहिरको विद्यालय बाट अन्य शिक्षक बोलाई कक्षा सञ्चालन हुने गरेको समेत जानकारि गराएका छन।शिक्षक बिना नै अहिले +२ को कक्षा सञ्चालन रहेको देखिन्छ अन्य विद्यालय बाट शिक्षक बोलाई कतिदिन सम्म पढाउन सकिन्छ। यो पढाइको अनुसार विद्यार्थीको भविष्य सँग खेलवाड भइरहेको बुझिन्छ।
प्रधानध्यापक को अनुसार ११ र १२ कक्षा को लागि शिक्षक अन्य विद्यालय बाट बोलाई कक्षा सञ्चालन गराउन को लागि मासिक ५०० को दरले विद्यार्थीले दिनु पर्ने व्यवस्था मिलाएका थिएँ। त्यही रकम ले आउने शिक्षक हरु लाई तलब दिने व्यवस्था मिलाएको छ। बिद्यार्थी हरुको भनाई अनुसार २ महिना पछि परीक्षा हुने रहेको छ तर हामीले इंग्लिश बिषयमा केही पनि पढेका छैनौं हामी लाई भर्खर १० दिन पहिला देखि मात्र इंग्लिश बिषयमा पढाइ भइरहेको जानकारी गराएका छन।
एक विद्यार्थीले भने हामीले बुधबार यतिकै कक्षा कोठामा ताल्चा लगाएका थिएनौं। हामीलाई पढाउने शिक्षक महिनौ पीछे बद्ली हुने गरेको छ प्रतेक महिनामा शिक्षक परिवर्तन भएकोले गर्दा हामी केही पनि पढेका छैनौ। जब शिक्षक थिएनन् भने किन कक्षा सञ्चालनमा ल्याउनु पर्थ्यो हामी अरु कलेजमा गएर पढाइ गर्थे यो तरिकाले हाम्रो भबिस्य संग खेलवाड भइरहेको भन्दै विद्यालय प्रति आरोप लगाएका छन ।
एउटा विद्यार्थीले भने शिक्षक यतिकै बद्ली हुँदैन शिक्षक हरूले तलब न पाएर महिनौ पीछे बद्ली हुने खुलासा गरेका छन। बिद्यार्थी भन्छन हामी सँग हरेक विषयको ४००० चार हजार को दर ले शिक्षक लाई दिने गरी बाहिर बाट शिक्षक बोलाई पढाउने कुरा प्रधानध्यापक ले विद्यार्थीलाई भनेका थिए। तर जतिपनि शिक्षक आएका थिएँ पढाउन कुनै शिक्षकले राम्ररी तलब पाएका छैनन्।
बिद्यार्थी शिक्षक प्रति आरोप लगाउदै भन्छन बुधबार भएको वार्तामा हामीलाई ५०० को दरले रकम बुझाउँनै पर्छ दबाब दिने कार्य भइरहेको थियो। वार्तामा एक शिक्षकले भने खोजबिन गर्ने काम तिमीहरू नगर त्यो हाम्रो काम हो के गर्नु पर्छ के गर्नु पर्दैन भन्दै आक्रोश मा आएका थिए। वार्ता बुधबार न मिलेपछि आईतबार हुने सम्झौता भएको थियो। त्यस पछि बिहीबार र शुक्रबार त्यहि विद्यालयका शिक्षक अहिले पढाउन बन्द गरेका छन् र बाहिर बाट आउने शिक्षक अहिले आआफ्नो बिषयको कक्षा सञ्चालन गरेका छन। यस बिषयमा सम्बन्धित निकायले छानबिन गरी वास्तविक कुरो र समस्या को समाधान गर्न आवश्यक रहेको देखिन्छ।