• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जो लोक सेवा पढ्नेका लागि प्रेरणा बने

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार १२:४१
  • १२४१

    वीरगंज | लोक सेवा आयोगले लिएका परीक्षामा सहभागी भई एकै वर्षमा पाँचभन्दा बढी ठाउँमा नाम निकाल्न सफल भएकाहरूको सामाजिक सञ्जाल फेसबुक, एक्स लगायतमा पछिल्लो समय चर्चा भइरहेको छ। यसैमध्येकी एक गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) लाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बधाई नै दिए। उनले एक वर्षभित्रै लोक सेवाले लिएका पाँच वटा परीक्षा पास गरेकी थिइन्। धेरै ठाउँमा परीक्षा दिई सफल भएका परीक्षार्थीहरूको मेहनत लोक सेवा तयारी गरिरहेका र सरकारी जागिरको सपना देखेकाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सरकारी जागिर खान कयौं प्रयास गर्दा पनि सफलता हासिल नहुने गरेका उदाहरणबीच वर्ष दिनमै पाँचभन्दा धेरै पदमा नाम निकाल्न सफल भएपछि उनीहरूको चर्चा हुनु स्वभाविक पनि हो।

    तीमध्ये २०८० भित्रै पाँचभन्दा धेरै पदमा नाम निकाल्न सफल भएकामध्ये केहीसँग सेतोपाटीले कुराकानी गरेको छ | गुल्मीका १९ वर्षीय अनिष गिरीले सात/आठ महिना अवधिमा लोक सेवा परीक्षाका सात पदमा नाम निकालेका छन्। उनले नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड पाँचौंं तह (वरिष्ठ सहायक/प्रशासन),पाँचौंं तह (वरिष्ठ सहायक/लेखा) र नेपाल वायु सेवा निगम पाँचौंं तह (लेखा)को परीक्षा पास गरेका हुन्। लुम्बिनी प्रदेश निजामती सेवा, पाँचौंं तह (प्रशासन तर्फ), लुम्बिनी प्रदेश निजामती सेवा (स्थानीय तहको पाँचौंं तह (प्रशासन), पाँचौंं तह (लेखा) तथा पाँचौंं तह आन्तरिक लेखा परिक्षा (आलेप) मा पनि उनी उत्तीर्ण भएका छन्।‘अनुशासित भएर पढ्यौं भने नाम निकाल्न गाह्रो छैन,’ उनले भने, ‘एक वर्ष मेहनत गरेर पढ्यो भने पुग्छ।’आफू पढाइमा बाल्यकालदेखि अब्बल रहेको उनले बताए।

    मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेमा २०६१ मा जन्मिएका उनले कक्षा १० सम्म गाउँकै विद्यालयमा पढेका थिए। त्यसपछि कक्षा ११ र १२ व्यवस्थापन विषय लिएर काठमाडौंको लिंकन कलेजमा पढे। प्लस टुमा उनी ३.४५ जिपिए ल्याएर पास भएका थिए। अहिले उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा पढ्दैछन्। उनले १८ वर्ष पूरा भएसँगै लोकसेवामा खुलेका आफूले भर्न मिल्नेजति पदमा परीक्षा दिनका लागि फारम भरे। गिरी ती सबैमा सफलतापूर्वक उत्तीर्ण पनि भए। त्यसका लागि उनले कक्षा १२ पढ्दादेखि लोक सेवा तयारी थालेका थिए। २०७९ मा १२ को परीक्षा सकेपछि भने आफूले पढाइबाहेक अरू केही काम नगरेको उनले बताए। ‘चौविसे घन्टा पढिनँ तर जतिबेला पढ्न मन लाग्थ्यो ध्यान दिएर पढेँ,’ उनले भने।

    उनीमात्र होइन, उनको घरमा उनका बुबा र दाइ पनि सरकारी जागिरे छन्। त्यहीबाट आफूलाई उत्प्रेरणा मिलेको उनको भनाइ छ। उनी घरका कान्छा छोरा हुन्। उनका बुबा धनु गिरी गाउँकै विद्यालयमा प्रधानाध्यापक छन्। दाइ निजामती कर्मचारी हुन्। उनीहरूबाटै प्रभावित भएर स्वदेशमै जागिर गर्नुपर्छ भन्ने लागेको उनी बताउँछन्। ‘मेहनत गरे स्वदेशमै केही गर्न सकिन्छ, त्यसैले यही पढ्यौं,’ उनले भने। सात वटा परीक्षामा नाम निस्केपछि उनलाई कुनमा जागिर खाने भन्ने दुविधा भयो। परिवारको सल्लाह र आफूलाई अनुभव हुने भएकाले लुम्बिनी प्रदेश निजामती सेवामा प्रदेशको पाँचौंं तह (प्रशासन) मा काम गर्न थालेको उनले जानकारी दिए। उनले गत कात्तिक १९ गतेदेखि जागिर सुरू गरेका हुन्। उनी वैदेशिक रोजगारीमा जानुभन्दा यहाँ केही महिना मेहनत गरे रोजगारी र परिवारको साथ दुवै पाइने बताउँछन्।

    बाजुराको बुढीगंगा गाउँपालिका वडा नम्बर ६ की छायाँकुमारीले पनि यसैवर्ष घरमै बसेर अध्ययन गरेकै भरमा ६ पदमा लोक सेवामा नाम निकालेकी छन्। उनी पनि २५ वर्षभन्दा कम उमेर समूहकी हुन्। उनले एक वर्षभित्र पुस २५ गते लुम्बिनी प्रदेशमा भेटेनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवा आयोग पाँचौं तह, पुस ३ गते बाग्मती पाँचौं तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तह, कोशी प्रदेश भेटेनरी चौथो तहमा लिखितमा नाम निकालेकी छन् । गएको वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिकमा भने वैकल्पिकमा मात्रै नाम निस्किएको थियो। ६ वटामा नाम निस्किए पनि अहिले उनी कोशीको उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा पशुसेवा प्राविधिकका रूपमा कार्यरत छिन्। सरकारी जागिर खाने उनी घरको पहिलो सदस्य हुन्। ठूलो परिवारमा जन्मिएकी छायाँको बाल्यकालदेखि नै पढाइ राम्रो थियो। विद्यालयमा उनी सधैं पहिलो र दोस्रो हुन्थिन्। लोक सेवा पढ्नका लागि पनि उनी कहिल्यै कतै गइनन्, घरमै पढिन्। जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने छायाँले कल्पना गरेकी थिइनन्। मेहनत गर्‍यो भने परिवारसँगै बसेर गुजरा चलाउन सक्ने उनले बताइन्।

    ‘पहिलादेखि स्वदेशममै जागिर गर्ने रहर थियो, त्यसैले लोक सेवा पढेँ,’ उनले भनिन्, ‘केही महिना मेहनतका साथ पढियो भने लोक सेवामा नाम निकाल्न गाह्रो छैन।’ मन लगाएर पढ्दा थोरै समय पनि पर्याप्त हुने उनले बताइन्। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया मनिषा जिसी (विष्णु घर्ती क्षेत्री) हिजोआज चर्चामा छिन्। उनले लोक सेवा आयोगमा पाँच वटा परीक्षामा नाम निकालेकी छन्। १० महिनाको अवधिमा ५ ठाउँमा नाम निकाल्न सफल भएको उनले बताइन्। कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौंं तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौंं तह उनले पास गरिन्।

    उनी करारमा नर्सिङ गरिरहेकी थिइन्। तर आगामी दिनमा कुन तहमा जागिर गर्ने भन्नेबारे प्रस्ट नभएको उनले बताइन्। ‘नौ/दस महिना अघिदेखि अलिअलि पढ्दै गएँ, परीक्षा आउन एक महिना हुँदा भने दायाँ-बायाँ काम नगरी पढेँ,’ उनले भनिन्, ‘थोरै पढ्ने र पटक-पटक पढिरहने बानीले सफल बनायो।’उनले २०७५ मा बुटवलको नर्स मेडिटेक नर्सिङ कलेजबाट स्टाफ नर्स पास गरेकी थिइन्। अध्ययन पूरा भएसँगै करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी थिइन्। उनले गाउँकै विद्यालयबाट एसईई पास गरेकी थिइन्। उनी हाल बुटवल कालिका क्याम्पसमा शिक्षा संकायमा स्नातक तहमा पढ्दै छिन्।‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘मलाई नेपालमा काम गर्ने रहर थियो, त्यसैले लोकसेवा दिएँ।’पछिल्लो समय १२ पास पढ्नेबित्तिकै वैदेशिक रोजगार जाने प्रचलन छ। यहीँ केही समय मेहनत गरे परिवारसँग बसेर जागिर खान मिल्ने उनले बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑