• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अयोध्यामा श्रीराम गृह प्रवेश, ससुराली नेपालमा दीप उत्सव

  • वीरगंज संजाल
  • ८ माघ २०८०, सोमबार २०:४५
  • १२०९

    भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा भएको अवसरमा जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।

    राम जन्मभूमि अयोध्यामा भगवान् श्रीरामको प्राणप्रतिष्ठा भएको अवसरमा सोमबार मर्यादापुरुषेत्तम श्रीरामको ससुराली जनकपुरधाममा दीपोत्सव मनाइएको हो।

    गत पाँच सय वर्षदेखि त्रिपालमुनि रहेका ज्वाइँचेला रामलला वर्षौँपछि भव्य एवम् दिव्य मन्दिरमा विराजमान भएको खुसीमा जनकपुरवासीले जानकी मन्दिरमा सवा लाख दीप बाल्नुका साथै जानकी मन्दिरमा विशेष आरतीसमेत आयोजन गरेका छन्।

    मन्दिर परिसर र वरपर फुलअबीर प्रयोग गरी श्री रामलगायतका धर्मोदेव सम्बोधन हुने नाउँ अंकित थरिथरीका कलात्मक तस्बिर बनाइएका छन्। सोही अवसरमा जनकपुरधामका जानकी मन्दिर, राम मन्दिरलगायतका देवालयहरूमा श्री रामनाम सङ्कीर्तन, भजन, रामायण पाठ आदि धार्मिक कृत्यहरू हुँदै छन्।

    साथै राम मन्दिरमा एक खालका पोसाक एक सय एक महिलाले एकै पटक दीप बालेका छन्। भगवान् रामको घरफिर्तीको खुसी प्रकट गर्ने यो विशेष तरिका भएको कार्यक्रम संयोजन गर्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।

    गाउँसहरका विभिन्न चोक चौराहामा श्रद्धालु भक्तजनहरूले राम रथ बनाई बाजागाजाका साथ रामनामको नारा घन्काउँदै बजार प्रदक्षिणा गरिरहेका छन्। सयौँको समूहमा रहेका प्रदक्षिणा गर्नेहरूमा साधु सन्तका अतिरिक्त अधिकांश किशोर किशोरी र युवा देखिन्छन्।

    जनकपुरधाम र अन्य विभिन्न स्थानमा रामपताका फहराइएको छ भने घर आँगनमा दीपावली गरिएको छ।

    अयोध्याको राम मन्दिर उद्घाटनका दिन जनकपुरधाममा मेला नै लागेको छ। जानकी र राम मन्दिरलगायतका ठाउँमा अन्य दिनको तुलनामा निकै बढी श्रद्धालु भक्तजनहरू ओइरिएका छन्।

    राम मन्दिर उद्घाटन भएको दिन ऐतिहासिक महत्वको भएकाले जनकपुरधाममा विशेष किसिमका उत्सव मनाइएको जानकी मन्दिरका कार्यवाहक महन्थ मनोज दास वैष्णवले बताए।

    वैष्णवले भने, ‘त्रेतायुगमा १४ वर्षको वनवास पाएका राम सीताको छ सय वर्षको निर्वासन सकिएको छ। ज्वाइँ छोरी वा दिदी भिनाजु घर वास हुँदाको खुसी अतुल्य हुन्छ। यसकै प्रकट विभिन्न रूपमा भइरहेका छन्।’

    तस्बिरहरु: सुरेन्द्र/नागरिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑