वीरगंज । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा अभिनाशको वायाँ हातको हत्केलामा चोट लागेको थियो ।
टियु एन्डबाट आएका तीव्र गतिका बलर रुपेश सिंहको ४९ औं ओभरको दोस्रो वाइडतर्फको बल धेरै पछि गएर राइट बनाएर खेल्नेक्रममा उनको वायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए ।