वीरगंज । प्रहरीले नक्कली रक्सी बनाएर बेच्ने ९ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट उनीहरू पक्राउ परेका हुन्।
मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड-रक्सी बनाउने गरेको फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले विभिन्न ब्रान्डका गुणस्तरहीन नक्कली मदिराहरू प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचबिखन गर्दै कालोबजारी गर्ने गरेका थिए।
नक्कली जाँड-रक्सी बनाएर बेच्ने गरेको आरोपमा रामेछापका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री. सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाडौंका ३६ वर्षीय सुमन नगरकोटि पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिए।
स्वदेशी तथा विदेशी ‘ब्रान्ड’ का गुणस्तरहीन नक्कली जाँड-रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खोजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीले बताए। गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।