वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समिति सदस्य कृष्ण पासवानमाथि रड प्रहार भएको छ । रड प्रहारबाट पासवानको टाउकामा गम्भीर चाेट लागेकाे छ । घाइते पासवानकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी निवासी २७ बर्षिय पासवानले स्थानिय ४७ बर्षिय दिनानाथ दास तात्वा, तात्वकाकी १७ बर्षिय छाेरी गिता देवी र तात्वाकी ३५ बर्षिय श्रीमति विरुद्ध माघ ३ गते नै वडा प्रहरी कार्यालय श्रीपुरमा उजरी दिएका छन् । आराेपति मध्येका तात्वालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।
बाटोको विषयमा दुई पक्ष बिच विवाद हुँदा सम्झाउन पुगेका पासवानमाथि स्थानीय दिनानाथ तत्वाको छोरी गीता कुमारीले तत्वाले पछाडिबाट रड प्रहार गरेको स्थानीयहरूले बताएका छन् । पासवानले आफू झगडामा सहभागी नभए पनि पुरानो रिसिइबिका कारण हत्या गर्ने उद्देश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानीय नेताहरूको उक्साहटमा विगत लामो समयदेखि दलित बस्तीले बाटो नपाएको र पटक–पटक विवाद हुँदै आएको बताए । सोही विषयमा बुधबार पनि विवाद भएको पासवानले बताए ।
यता रास्वपा पर्साले बुधबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै बाटोको विवादको क्रममा केहि उत्श्रृंखल व्यक्तिहरुद्वारा पार्टीका मधेश प्रदेश सदस्य पासवानको ज्यानै लिने मनसायले टाउकोमा फलामको रड प्रहार भएकाे जनाएकाे छ । रास्वपा जिल्ला अध्यक्ष दिलिप कुमार कुर्मीले विज्ञप्ती जारी गर्दै रड प्रहार गरि गंभीर घाइते बनाएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्ती मार्फत यथाशीघ्र घटनाको सत्य तथ्य छानबिन गरी घटनाको दोषी तथा योजनाकरहरु माथि कड़ा भन्दा कड़ा कारवाहीकाे मांग समेत गरेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मराज थिङले बाटाेकाे विषयमा विवाद हुँदा भएकाे झडपमा पासवान घाइते भएकाे वताए । रड प्रहार बारे अनुसन्धान भइरहेकाे उनले वताए ।