• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा आठौँ प्याब्सन इन्टर स्कुल टी-२० क्रिकेट र जुनियर फुटबल टुर्नामेन्ट हुँदै, ३० भन्दा बढी स्कुल सहभागी

  • वीरगंज संजाल
  • ४ माघ २०८०, बिहीबार १७:००
  • ९५३

    वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्साको आयोजनामा ‘आठौँ प्याब्सन इन्टर स्कुल ट्वान्टी–ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट – २०८०’ र ‘प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट – २०८०’ आयोजना हुने भएको छ । अघिल्लो वर्षहरू झैँ यस वर्ष पनि प्याब्सन पर्साले खेलका माध्यमबाट विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ सङ्गठनसँग आबद्ध विद्यालयका बिच क्रिकेट र फुटबल प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको हो ।

    शिक्षासँग अन्य क्रियाकलापमा पनि विद्यार्थीहरूको सहभागिता बढाउन र खेलकुदलाई प्रोत्साहन गर्न प्याब्सन पर्साले क्रिकेट र फुटबल प्रतियोगिताको आयोजनालाई निरन्तरता दिएको सङ्गठनका जिल्ला अध्यक्ष पूरण प्रधानले बताए ।
    नकआउट क्रिकेट प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा हुने छ भने जुनियर फुटबल प्रतियोगिता आगामी माघ ७ देखि १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा रहेको फुटबल मैदानमा हुने प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बिहान ९ बजेदेखि दैनिक दुईदेखि तिन वटासम्म खेलहरू गराइने चौरसियाले बताए ।

    क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध ३० वटा विद्यालयको सहभागिता रहने त्यसका संयोजक अमित आलोकले जानकारी दिए । त्यस्तै फुटबल प्रतियोगितामा २५ वटा विद्यालयको सहभागिता रहने संयोजक शिव गुप्ताले जानकारी दिए । क्रिकेट प्रतियोगितामा गौतम स्कुल, ज्ञान ज्योति स्कुल, सन लाइट स्कुल, सिद्धार्थ इन्टरनेशनल स्कुल, न्यु वेभ एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, वीरगञ्ज एकेडेमी, एमईएस स्कुल, नेपाल कावेरी एकेडेमी, माउन्ट एडमण्ड सेकेण्डरी स्कुल, जीवन ज्योति स्कुल, हिमालयन पिरामिड स्कुल, माउन्ट मकालु स्कुल, म्यास्कट एकेडेमी, मनकामना स्कुल, अल्पाइन स्कुल, मेरी गोल्ड स्कुल, विद्या सागर स्कुल, बिकन स्कुल, गोल्डेन फ्युचर स्कुल, श्री आदर्श स्कुल, मिनिल्यान्ड स्कुल, साउथ जोन स्कुल, सेन्ट जेभियर्स स्कुल, मालिनी एकेडेमी, ओम नेशनल स्कुल, मून लाइट स्कुल, ज्ञानदा एकेडेमी, लिटिल एन्जल्स स्कुल र एसआर ग्यालेक्सी एकेडेमीले सहभागिता जनाएको संयोजक अमित आलोकले बताए ।

    त्यस्तै फुटबल प्रतियोगितामा सफल एकेडेमी, एसआर ग्यालेक्सी एकेडेमी, गौतम स्कुल, चिल्ड्रेन वर्ल्ड स्कुल, नेपाल कावेरी एकडेमी, वीरगञ्ज पब्लिक स्कुल, साउथ जोन स्कुल, न्यु वेभ एकेडेमी, श्री आदर्श स्कुल, डीएभी स्कुल, सन साइन स्कुल, ज्ञानदा एकेडेमी, लिटिल फ्ल्वार स्कुल, जीवन ज्योति स्कुल, मिनिल्यान्ड स्कुल, बिकन् स्कुल, ओम नेशनल स्कुल, नवदीप एकेडेमी, मून लाइट स्कुल, ज्ञान ज्योति स्कुल, एमइएस स्कुल, मनोकामना स्कुल, गुरुकुल एकेडेमी र म्यास्कट एकेडेमीले सहभागी जनाएको संयोजक शिव गुप्ताले बताए ।

    प्रतियोगिता हेर्न कुनै शूल्क नलाग्ने, राष्ट्रिय स्तरका खेलहरूमा सहभागी अम्पायर तथा रेफरीहरूको निरीक्षणमा प्रतियोगिता सम्पन्न हुने प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसियाले बताए । खेलाडीहरूका लागि दैनिक खाजाको व्यवस्था, एम्बुलेन्स र आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरिएको चौरसियाले जानकारी दिए । प्रतियोगिताको विजेतालाई तथा उपविजेतालाई आकर्षक शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्थापन गरिएको पनि चौरसियाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑