वीरगंज । आशिफ र रोहितको अर्धशतकमा नेपाल एपीएफ क्लबले काठमाडौमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रनको योगफल तयार पारेको हो।
एपीएफका लागि आशिफ शेख र कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। आशिफले ६९ रनमा ५ चौका र ३ छक्का प्रहार गर्दा ५९ रनमा क्याच आउट भए।
७४ बलमा ५ चौका र २ छक्का हानेका कप्तान पौडेल ५८ रन बनाउँदा क्याच आउट नै भए। अमर राउटेला ४९ र अविनास बेहोरा ८ रनमा अविजित रहे।
सन्दीप जोराले २० रन थपे। अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
मधेशका लागि प्रदिप पासवान र रुपेश सिंहले समान ३ विकेट लिए। रन्जित कुमारले २ विकेट झारे। अरनिको यादवले एक विकेट आफ्नो नाममा गरे।